आलोक भबुक बुधबार, कार्तिक २६, २०८२

दाङ । देउखुरीको गढवा गाउँपालिकामा शून्य होम डेलिभरी अभियानलाई प्रभावकारी बनाउन वडा छनोट कार्यक्रम सम्पन्न भएको छ ।

गढवा गाउँपालिका सामाजिक विकास समितिका संयोजक तथा वडा नम्बर ५ का वडाध्यक्ष लेखबहादुर थापाको अध्यक्षतामा बसेको बैठकले वडा नम्बर ५,लाई पूर्ण संस्थागत प्रसूति सेवायुक्त वडा घोषणा तथा सुनिश्चितता घोषणा गर्नका लागि छनोट गर्ने निर्णय गरेको हो ।

बैठकमा स्वास्थ्य संस्थाबाट हुने प्रसूति सेवा सशक्त बनाउँदै आमाबच्चाको ज्यान सुरक्षित गर्ने उद्देश्य प्रस्तुत गरिएको थियो । स्वास्थ्य संस्थामा बच्चा जन्माउँदा सुत्केरी महिलालाई चार पटक नियमित स्वास्थ्य परीक्षण,२४ घण्टासम्म स्वास्थ्य संस्थामा निगरानी र ३१०० रुपैयाँ सुत्केरी भत्ता दिने व्यवस्था रहेको जानकारी दिइयो ।

स्वास्थ्य शाखा प्रमुख कैलाशचन्द्र चौधरीका अनुसार, “शून्य होम डेलिभरी अभियानले आमा र बच्चा दुबैको ज्यान सुरक्षित राख्छ, संक्रमण घटाउँछ र सुरक्षित मातृत्व सुनिश्चित गर्छ।”

बैठकमा बोल्दै वडा अध्यक्ष तथा सामाजिक विकास समितिका संयोजक लेखबहादुर थापाले“शून्य होम डेलिभरीका लागि स्थानीय सरकारसँगै प्रदेश र संघीय सरकार पनि सक्रिय रुपमा लागेको बताए । अज्ञानता र भौगोलिक दुर्गमका कारण अझै पनि घरमै बच्चा जन्माउने प्रवृत्ति छ, त्यसलाई अन्त्य गर्न सबैको सहकार्य अपरिहार्य छ ।”संयोजक थापाले बताए । उनले संस्थागत प्रसूति बढ्दा मातृ तथा नवजात मृत्युदर घट्ने विश्वास व्यक्त गरे ।

बैठकमा सामाजिक विकास समितिका सदस्यहरु रमा भण्डारी,श्यामबहादुर बिक,प्रेरणा चन्द, अशोककुमार यादव,सुरेश पौडेल,कर्ताराम यादव र कैलाशचन्द्र चौधरी उपस्थिति रहेको थियो भने आमन्त्रित अतिथिहरुमा गढवा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद पौडेल, स्वास्थ्य शाखाका रोहित चौधरी र मनिषा गैरे, साथै ‘प्रेरणा परियोजना’का सामाजिक परिचालक अमित यादव लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रम गढवा गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा तथा ‘प्रेरणा परियोजना’को आर्थिक सहयोगमा सम्पन्न भएको हो । कार्यक्रमको सहजीकरण स्वास्थ्य शाखा प्रमुख कैलाशचन्द्र चौधरीले गरेका थिए ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]