
ksb
Ggp
Jns
Rgp
Rgp
Rgp
Lks
Sgp
Lnp
Rgp
Dus
Ggp
Usb
Asb
lnp

lms

दाङ । जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले विद्यालयमा पुगेर विद्यार्थीहरुलाई ट्राफिक सचेतना सम्बन्धि प्रशिक्षण प्रदान गरेको छ ।
ट्राफिक प्रहरी कार्यालय दाङ र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा दाङ तथा नेपाल जुनियर रेडक्रसको संयुक्त आयोजनामा दंगिशरण गाउँपालिका वडा नम्बर ६ मा रहेको भानु मा.वि. प्रसढुवामा जिल्लाका विभिन्न विद्यालयका शिक्षक, विद्यार्थीहरु गरि ११५ जनालाई ट्राफिक सम्बन्धि सचेतना प्रशिक्षण प्रदान गरिएको हो ।
त्यस्तै उक्त कार्यक्रममा ट्राफिक नियम तथा सचेतना सम्बन्धि जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका ट्राफिक प्रमुख प्रहरी निरीक्षक उपेन्द्र बहादुर बमले प्रशिक्षण प्रदान गरेका थिए ।
