
sbs
cjs
pku
Srbpu
Ggp
Rgp1
Gfs
Unsku
Sgr
Lnp
Djs
Pbu
Pes
Rgp

Gst
Bbu
Rgu
Ksm
Vor
Bbbpu
Wsp
Hal
Tsm
Asm
Pvg
Ssm
Rsb
Ggd
Rgs
Sbs
nsb
Rgu
Sls

Syp
Bml
sab
Rmb
Pls
Jmb
Jmb
Mks
Abd
Ptm
bbt
Rpp
Gsb
दाङ । न्युनतम सेवा मापदण्ड कार्यान्वयन कार्यक्रमअन्तर्गत लमही अस्पतालको अनुगमन, मूल्यांकन तथा समीक्षा कार्यक्रम सम्पन्न भएको छ ।
लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालय र निक सायमन इन्स्टिच्युटको संयुक्त टोलीले गरेको मूल्यांकनमा लमही अस्पतालले ५९ प्रतिशत अंक प्राप्त गरेको हो । कार्यक्रममा अस्पतालको स्वास्थ्य सेवा गुणस्तर, उपलब्ध सेवा–सुविधा, स्रोत साधनको प्रयोग र व्यवस्थापन प्रणालीबारे विस्तृत समिक्षा गरिएको थियो । अनुगमन टोलीका सदस्य लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका जनस्वास्थ्य अधिकृत सन्देश पौडेलले अस्पतालका राम्रा अभ्यास र सुधार आवश्यक क्षेत्रहरुबारे तथ्यगत रुपमा प्रस्तुत गर्दै केही सुधारका पक्षमा ध्यान पुर्याए आगामी मूल्यांकनमा अंक वृद्धि हुने सुझाव दिएका थिए ।
त्यस्तै अनुगमन टोलीले अस्पतालको सेवा स्तर, जनशक्ति व्यवस्था,औषधि आपूर्ति,सरसफाइ तथा बिरामीमैत्री वातावरणबारे समेत अवलोकन गरेको थियो ।
लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीले सुधार आवश्यक पक्षहरु पहिचान गर्दै अस्पतालको सेवा अझ प्रभावकारी र गुणस्तरीय बनाउन स्वास्थ्यकर्मीहरुलाई निर्देशन दिएका थिए । उनले भने, “स्वास्थ्यकर्मीले बिरामीसँग यति आत्मीय व्यवहार गर्नुपर्छ कि बिरामीको आधा रोग त्यसै निको होस् । भगवानभन्दा पनि बढी स्वास्थ्यकर्मीप्रति बिरामीको विश्वास हुन्छ, त्यसैले सबैले यो कुरा मनन गरेर सेवा दिनुपर्छ ।”नगर प्रमुख चौधरीले सेवा सुधारका लागि स्थानीय सरकार सधैं सहयोग र सहकार्य गर्न तयार रहेको प्रतिबद्धता पनि जनाए ।
यस्तै,लमही नगरपालिकाकी उपप्रमुख लक्ष्मी योगीले सीमित स्रोत र जनशक्ति अभावका बीच पनि अस्पतालले देउखुरीका तीन पालिकासहित चारै पालिकामा स्वास्थ्य सेवा विस्तार गरिरहेको बताइन् । उनले अस्पतालको संरचना र स्रोत व्यवस्थापनमा सुधार आवश्यक रहेको धारणा राखिन् ।
निक सायमन इन्स्टिच्युटका निर्देशक डा. कासिम साहले लमही अस्पतालको सेवा प्रवाह अन्य अस्पतालहरूभन्दा सन्तोषजनक रहेको बताए । उनका अनुसार, “नगरस्तरीय अस्पतालले यति स्तरको सेवा उपलब्ध गराउनु सामान्य कुरा होइन । लमही अस्पतालले आकस्मिक शल्यक्रिया सहज रूपमा सञ्चालन गरिरहेको छ,यो निकै सकारात्मक पक्ष हो ।”डा. साहले लमही अस्पतालले आगामी दिनमा अझ स्तरीय र प्रभावकारी स्वास्थ्य सेवा प्रदान गरोस् भन्ने शुभकामना पनि व्यक्त गरे ।
कार्यक्रममा लमही नगरपालिकाका जनप्रतिनिधि, स्वास्थ्य शाखाका अधिकारी,अस्पतालका कर्मचारी तथा सरोकारवालाको सहभागिता रहेको थियो । अस्पतालका निमित्त प्रमुख हरि खनालले अस्पतालको न्युनतम सेवा मापदण्ड कार्यान्वयनको प्रगति र उपलब्धिबारे जानकारी दिएका थिए ।
