
Asb
lnp
Rgp
Rgp
Dbs
Dus
Pbu
ksb
Ggp
Lks
Sgp
Jns
Rgp
Rgp
Ggp
Usb
Lnp


काठमाडौँ । काठमाडौं उपत्यकासहित देशका विभिन्न जिल्लामा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा परी गएको शुक्रबार रातिदेखि शनिबार बिहानसम्म १० जनाको मृत्यु भएको छ।
त्यस्तै महोत्तरी: बलवा नगरपालिका-५ मा मोटरसाइकल दुर्घटना हुँदा २८ वर्षीय सुरेन्द्र झाको मृत्यु भएको छ । ललितपुर: महानगरपालिका-१५ खुमलटारमा बसले स्कुटरलाई ठक्कर दिँदा गोदावरीका ३० वर्षीय रोहित श्रेष्ठको मृत्यु भएको छ। बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
यस्तै कास्की: पोखरा महानगरपालिका-२९ आदर्श चोकमा मोटरसाइकल दुर्घटना हुँदा तनहुँकी २४ वर्षीया किरण रानाको मृत्यु भएको छ । बागलुङ: ढोरपाटन नगरपालिका-९ च्वाहाभिर स्थित सडकमा जिप दुर्घटना हुँदा ढोरपाटन-७ का २४ वर्षीय राजिन अदैको मृत्यु भएको छ। जिप चालक प्रहरी नियन्त्रणमा छन्।
त्यस्तै लमजुङ: मर्स्याङदी गाउँपालिका-६ मा बोलेरो जिप अनियन्त्रित भई दुर्घटना हुँदा चालक दोलखाका ३० वर्षीय बिनोद खड्का र सोही ठाउँका २५ वर्षीय पारस खड्का गरी दुई जनाको मृत्यु भएको छ । बर्दिया: राजापुर नगरपालिका -१० मा मोटरसाइकल दुर्घटना हुँदा गुलरियाका ३० वर्षीय विकास यादवको मृत्यु भएको छ।
कञ्चनपुर: बेदकोट नगरपालिका-८ मा मिक्चर मेसिन र मोटरसाइकल ठक्कर खाँदा मोटरसाइकल चालक ३१ वर्षीय शिव रानाको मृत्यु भएको छ। मिक्चर मेसिन चालक नियन्त्रणमा छन् । सुनसरी: इटहरी उपमहानगरपालिका-१ मा स्कुटर र मिनी ट्रक ठक्कर खाँदा स्कुटरमा सवार इटहरीकी ४० वर्षीया बिष्णु कुमारी भट्टराई (उपाध्यय) को मृत्यु भएको छ। ट्रक चालक नियन्त्रणमा छन्।
त्यस्तै धनुषा: धनुषाधाम नगरपालिका-९ मा कार अनियन्त्रित भई दुर्घटना हुँदा कारमा सवार नवलपरासी पूर्वका २० वर्षीय सुजित यादवको मृत्यु भएको छ। कार चालक प्रहरी नियन्त्रणमा छन्। सबै दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ। रातोपाटी
