
Ses
Lnp
cjs
Gfs
Srbpu
Rgp1
Ggp
Pbu
Djs
Pes
Rgp
Sgr
Unsku
pku

Asm
Rsb
Gst
Rgs
Rgu
Ssm
Wsp
nsb
Ggd
Sbs
Ksm
Bbbpu
Rgu
Hal
Sls
Bbu
Vor
Pvg
Tsm

bbt
Jmb
Rmb
Syp
Jmb
Pls
Mks
Gsb
Ptm
sab
Abd
Rpp
Bml
दाङ । यति बेला डिजिटल दुनियाबाट ठगि गर्ने गिरोह देश भर नै सक्रिय रहेका छन् । बिभिन्न कारोबार गर्दै ठगि गर्ने गिरोहले अहिलेको समयमा बिभिन्न बैंकका चेक थमाउने गर्ने गरेको पाइएको छ । सोहि अनुसार १९ लाख रुपैया ठगी गरेको आरोपमा प्युठानका सन्तोष बि.क मंगलबार पक्राउ परेका छन् ।
प्युठान नगरपालिका वडा नम्बर ७ पुण्यखोला निवासी सन्तोषलाई दाङ स्थित लमही प्रहरीले दिउँसो १ बजे पक्राउ गरेको हो । राप्ती गाउँपालिका वडा नम्बर २ बराखुटी निवासी भरत बहादुर बिश्वकर्माले पाउनुपर्ने रकम १८ महिना बित्दापनि नपाएपछि प्रहरीमा उजुरी दिएका थिए । गत पुस १५ गते दिएको उजुरीकै आधारमा उच्च अदालतले यही फाल्गुन ९ गते पक्राउपुर्जी जारी गरेपछि सन्तोष पक्राउ परेका हुन ।
त्यस्तै लमही नगरपालिका वडा नम्बर १ नर्तिमा रहेको भरतको २८ मिटर लम्बाई रहेको जग्गा २०७६ मँसिरमा सन्तोषले खरिद गरे । सन्तोषले केही रकम दिए अनि बाँकी रकम केहीदिन मै दिने सहमतीमा सम्झौता भयो । तर भरतले १८ महिना बितिसक्दा पनि बाँकि रकम १९ लाख भने पाएनन् । उनलाई टार्नकै लागि सन्तोषले खाली चेक दिईरहन्थे ।
यस्तै १८ महिनाको अबधीमा सन्तोषले आफुलाई सिद्धार्थ बैँकको ५ ओटा खाली चेक काटेर दिएको पिडित भरत बताउँछन् । सन्तोषले गत २०७७ जेठ ३१ गते पाँचौ पटक चेक काटेर दिए । अन्तिम पटक भनेर दिईएको यो चेक पनि खाली थियो । अनि सन्तोष केही समय सम्पर्क बिहिन भए । तरपनि खाली चेक पकेटमा राखेर भरतले बाँकि रकम पाउने आश त मारेनन् । १८/१८ महिना सम्मपनि जग्गा बिक्रि गरेको बाँकि रकम नपाउँदा अत्ति भएर प्रहरीमा उजुरी दिएको भरतले बताए ।
त्यस्तै सन्तोष अहिले वडा प्रहरी कार्यालय लमहीको हिरासतमा रहेका छन् । उनलाई बैँकिङ कसुर सम्बन्धीको ठगी मुद्दा लगाउने तयारी भईरहेको प्रहरीले बताएको छ ।
