
Lks
Sgp
Rgp
Jns
Asb
Usb
Ggp
Ggp
Rgp
ksb
Dus
lnp
Rgp
Rgp
Lnp

lms

काठमाडौँ । आकर्षक तलबको प्रलोभनमा पारी युके पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् ।
भक्तपुर मध्यपुर थिमि नगरपालिका वडा नम्बर –१,बस्ने धनुषा जनकनन्दिनी गाउँपालिका–३ घर भएका ३१ वर्षीय राहुल पुन्जलाई आइतबार प्रहरीले पक्राउ गरेको हो ।
त्यस्तै राहुलले युके पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४२ लाख रुपैयाँ लिई सम्पर्कविहीन भएको उजुरी परेको थियो । सोही आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौँ महानगरपालिका–११ बाट पक्राउ गरेको हो ।
यस्तै उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ ।
