
Usb
Jns
Ggp
Lnp
Rgp
Dus
Lks
Rgp
Ggp
Rgp
Sgp
ksb
lnp
Asb
Rgp

lms

दाङ । देउखुरीको गढवा गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत लालबहादुर योगी र बज्रगुरु कन्स्ट्रक्सन कम्पनीका प्रबन्ध निर्देशक लक्ष्मण राना विरुद्ध झन्डै एक करोडको भ्रष्टाचार मुद्दा दायर भएको छ ।
गढवा गाउँपालिका–१,स्थित पत्रिङ्गा घाटदेखि जेठान गाउँसम्मको राप्ती नदी क्षेत्रबाट ढुंगा,गिट्टी, बालुवा,ग्राभेल र रोडा उत्खननका लागि २०७६ साल पुस १२ गते गाउँपालिका र बज्रगुरु कन्स्ट्रक्सन कम्पनी बीच ठेक्का सम्झौता भएको थियो । २०७७ साल साउनमा गाउँपालिकाका प्रतिनिधि र जिल्ला समन्वय समिति दाङको उपस्थितिमा गरिएको मापन अनुसार १ लाख १० हजार ६३८ घनमिटर नदीजन्य पदार्थको स्टक देखिएको थियो ।
सम्झौताभन्दा बढी उत्खनन् भएको परिमाणको राजस्व विभाज्य कोषमा जम्मा गर्न गाउँपालिकाले तीनपटक पत्राचार गरे पनि कम्पनीले रकम बुझाएको थिएन । तर,प्रशासकीय अधिकृत योगीले गाउँ कार्यपालिकाको निर्णय विपरीत र कुनै कानुनी प्रक्रिया नअपनाई गाउँपालिकाको नाममा राखिएको ९५ लाख ९८ हजार बराबरको बैंक ग्यारेन्टी फुकुवा गर्न २०७८ साल पुस १२ गते नेपाल बंगलादेश बैंकलाई पत्राचार गरेका थिए ।
सो बैंक ग्यारेन्टी फुकुवा भएपछि गाउँपालिकाले राजस्व असुल गर्न नसकेको र सो प्रक्रिया अनियमित रुपमा भएको प्रमाण फेला परेको आयोगले जनाएको छ । आयोगले योगी र कम्पनीका प्रबन्ध निर्देशक रानाले मिलेमतो गरी गाउँपालिकाको राजस्व रकम हिनामिना गरेको,सरकारी सम्पत्तिमा हानि पुर्याएको र भ्रष्टाचार निवारण ऐन,२०५९ अन्तर्गतको कसुर गरेको ठहर गर्दै दुवै जना विरुद्ध मुद्दा दायर गरेको हो ।
त्यस्तै आयोगले विशेष अदालतमा दायर गरेको आरोपपत्रमा उनीहरुलाई प्रचलित कानुन अनुसार सजाय माग गरिएको छ ।
