तुलबहादुर कवँर मगर/राप्ती गाउँपालिका आइतबार, कार्तिक १६, २०८२

दाङ । अर्घाखाँचीको सितगंगा नगरपालिका वडा नम्बर ८,सातमारा स्थित होटल इभरल्याण्डमा आइतबारदेखि तीन दिने सामुदायिक प्रथम स्वास्थ्य प्रतिकार्यकर्ता तालिम सुरु भएको छ ।राष्ट्रिय स्वास्थ्य तालिम केन्द्र टेकु,काठमाडौंको आयोजना,सारथी नेपाल ललितपुरको व्यवस्थापन तथा राप्ती गाउँपालिका दाङको समन्वयनमा सो तालिम सञ्चालन गरिएको हो । राप्ती गाउँपालिकाका विभिन्न वडाबाट २४ जना महिला तथा पुरुष सहभागी रहेका छन् ।

आकस्मिक दुर्घटना वा संकटको अवस्थामा समुदायमै प्राथमिक उपचार र तत्काल सहयोग कसरी प्रभावकारी ढङ्गले गर्न सकिन्छ भन्ने बारे व्यावहारिक अभ्याससहित सीप विकास गराउने उद्देश्यले तालिम आयोजना गरिएको आयोजक संस्थाले जनाएको छ ।

त्यस्तै तालिम उद्घाटन गर्दै राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले ग्रामीण क्षेत्रमा आकस्मिक स्वास्थ्य सेवा तुरुन्त उपलब्ध नहुँदा धेरै समस्या देखिने गरेको बताए । “दुर्घटना वा आकस्मिक अवस्थाका बेला स्वास्थ्य सहायताको पहिलो आधार समुदायमै हुनुपर्ने हुन्छ । यस्ता तालिमले समुदायका मानिसहरुलाई प्राथमिक स्वास्थ्य प्रतिकार्यका लागि सक्षम र जिम्मेवार बनाउँछ,”अध्यक्ष विष्टले भने । उनले समुदायमा हुने जोखिम,दुर्घटना तथा आकस्मिक अवस्थाहरुमा तालिमप्राप्त जनशक्ति नै पहिलो र भूमिकाबाहक सहारा हुने विश्वास व्यक्त गरे ।

यस्तै राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रका प्रतिनिधि विजय श्रेष्ठले तालिममा प्राप्त भएका सीपलाई व्यवहारमा लागू गर्दै समुदायस्तरमा स्वास्थ्य पूर्वतयारी मजबुत बनाउन सहभागीहरुलाई आग्रह गरे । सारथी नेपालका अमित सिंहले सीपलाई व्यवहारमा उतार्न सहभागीहरुको प्रतिबद्धता नै तालिमको परिणामकारीता सिद्ध हुने बताए ।

सो तालिममा घटनास्थलको सुरक्षा मूल्यांकन, बिरामीसँग प्रभावकारी सञ्चार र सहयोगको सहमति,अवस्थाको पहिचान तथा व्यवस्थापन, मनोवैज्ञानिक सहयोग,साथै समुदाय र कार्यस्थलमा हुन सक्ने यौनजन्य दुर्व्यवहार निवारण लगायतका विषयमा प्रशिक्षण प्रदान गरिने बताइएको छ। तालिमको प्रमुख प्रशिक्षकका रुपमा डा.सिर्जना सिंह,दुर्गेश कुमार योगी,अमृत गुरुङ,आशिष रेग्मी र शंकर अधिकारी रहेका छन् ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]