Sidha Patra शुक्रबार, कार्तिक १४, २०८२

काठमाडौं । अध्यागमन कार्यालयले नक्कली कागजात बनाएर विदेश जान खोज्ने व्यक्तिहरुलाई अफलोड (फिर्ता) गरेको छ ।

त्यस्तै पछिल्लो तीन महिनाको अवधिमा अफलोड गरिएकाहरुबाट २२६ राहदानी (पासपोर्ट) बरामद गरिएको छ । अफलोड गरिएकाहरुलाई भने नियन्त्रणमा नलिई उनीहरुका शंकास्पद कागजात मात्रै नियन्त्रणमा लिएर अनुसन्धान गर्ने गरिएको अध्यागन विभागले बताएको छ । पछिल्लो तीन महिनामा बरामद भएका २२६ पासपोर्टमध्ये १०६ पासपोर्ट छानबिन गरेर सम्बन्धित व्यक्तिलाई फिर्ता गरिएको छ ।

यस्तै बाँकी १२० पासपोर्ट भने अनुसन्धानका लागि भन्दै केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) र मानव बेचबिखन अनुसन्धान ब्यूरोमा पठाइएको विभागका महानिर्देशक रामचन्द्र तिवारीले बताए ।
यसअघि भिजिट भिसामा जाने नागरिकलाई ६ बुँदे प्राधवान कायम रहेकोमा त्यसैलाई आधार बनाउँदै अनियमितता हुने गरेको भन्दै अहिले भने त्यो प्रावधान खारेज गरिएको छ ।

त्यस्तै यसअघि भिजिट भिसामार्फत विदेश जानेका हकमा न्यूनतम ५ सय अमेरिकी डलर, दुईतर्फी हवाई टिकट,अग्रिम होटल बुकिङ वा स्पोन्सरको प्रमाण अनिवार्य गरिएको थियो ।
यसैलाई कारण देखाउँदै बिचौलियाहरुले रकम असुल्ने गरेको र भिजिट भिसामा जानेहरु थप पीडित हुने गरको भन्दै त्यो प्रावधान खारेज गरिएको विभागले बताएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]