तुलबहादुर कवँर मगर/राप्ती गाउँपालिका शुक्रबार, कार्तिक १४, २०८२

दाङ । देउखुरीको राप्ती गाउँपालिकाले पूर्व–पश्चिम राजमार्ग क्षेत्रमा रहेका जोखिमयुक्त रुखहरु हटाउन र दोलाई खोला किनारमा जम्मा भएको भष्कट व्यवस्थापन गर्न जिल्ला विपद व्यवस्थापन समितिमा सिफारिस गर्ने निर्णय गरेको छ।

गाउँपालिकाका अध्यक्ष एवं स्थानीय विपद व्यवस्थापन समितिका अध्यक्ष प्रकाश विष्टको अध्यक्षतामा बिहीबार बसेको बैठकले बर्खायाममा भष्कटले बाढी र कटानको जोखिम बढाएको र पुराना र ढल्न सक्ने रुख यात्रु तथा सवारीका लागि खतरा भएको उल्लेख गर्दै आवश्यक व्यवस्थापनका लागि समन्वय गर्न सिफारिस गर्ने निर्णय गरेको हो।

त्यस्तै बैठकमा विपद जोखिम न्यूनीकरण योजना कार्यान्वयन, राहत व्यवस्थापन प्रक्रिया अद्यावधिक, समुदायमा सचेतना अभिवृद्धि र सूचना प्रवाह सुदृढीकरणबारे पनि छलफल भएको थियो।

बैठकमा उपाध्यक्ष कमलापति चौधरी,प्रमुख प्रशासकीय अधिकृत देविराम पाठक,वडा अध्यक्षहरु,राजनीतिक दलका प्रतिनिधि,रेडक्रस, सुरक्षा निकायका अधिकारी र स्थानीय विपद व्यवस्थापन समितिका पदाधिकारीहरु लगायतको सहभागी रहेको थियो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]