
Dbs
Usb
Rgp
Asb
Jns
Rgp
Ggp
Sgp
Lks
Dus
Ggp
Rgp
Rgp
lnp
Lnp
Pbu
ksb


बाँके । राप्तीसोनारी गाउँपालिकाका किसान महिलाहरु पछिल्लो समयमा बाख्रापालनतर्फ आकर्षित भएका छन् ।
बाख्रापालनबाटै राम्रो आम्दानी हुने भएपछि किसान महिला बाख्रा पालनतर्फ आकर्षित भएको राप्तीसोनारी गाउँपालिका वडा नम्बर ६,टेपरी स्थित नयाँ सिर्जनशील सामाजिक उद्यमी महिला सहकारी संस्थाकी प्रबन्धक दिव्या गुरुङले बताइन् । उनका अनुसार सहकारी संस्थामार्फत बनाइएका विभिन्न समूहमा आबद्ध किसान महिलाले बाख्रापालन गर्दै आएका छन् । राप्तीसोनारीमा वन क्षेत्र बढी भएका कारण पनि यहाँका किसान बाख्रापालनतर्फ आकर्षित भएका हुन् ।
त्यस्तै किसानले पालेका खसीबोका सहकारी संस्थामार्फत बिक्री गर्दै आएका छन् । किसानसँग सहकारीले खरिद गर्ने र सहकारीले जिल्ला बाहिरका व्यापारीलाई प्रतिकिलो १० रुपैयाँ नाफा खाएर बिक्री गर्दै आएका छन् । अन्य समयभन्दा दसैँ तिहारको समयमा बढी खसीबोका बिक्री हुने गरेको छ ।
राप्तीसोनारी–६,टेपरीस्थित नयाँ सिर्जनशील सामाजिक उद्यमी महिला सहकारी संस्थाले मात्र यो वर्ष किसानले उत्पादन गरेका एक सयभन्दा बढी खसीबोका खरिद बिक्री गरेको छ । यसबाट किसान महिलाले करिब १९ लाख आम्दानी गर्न सफल भएको संस्थाकी प्रबन्धक गुरुङको भनाइ रहेको छ ।
त्यस्तै बाख्रापालनबाट राप्तीसोनारीका महिला किसान आत्मनिर्भरसमेत बन्दै गएका छन् । दसैँ-तिहार जस्ता ठूला पर्व मनाउने पैसा खसीबोका बिक्री गरेर आम्दानी गर्ने गरेको राप्तीसोनारी–७ का अगुवा लालबहादुर थापाले बताए ।
राप्तीसोनारी–७ लालपुरमा रहेको परिवर्तन सामाजिक उद्यमी महिला सहकारी संस्थाले यो वर्ष दसैँ-तिहारमा करिब ३२ लाखका दुई सय बढी खसीबोका किसानबाट खरिद गरी बिक्री गरेको संस्थाका व्यवस्थापक पम्फा परियारले जानकारी दिइन् ।
यस्तै राप्ती सोनारी गाउँपालिकाको खासकुस्मा, कचनापुर,महादेवपुरी,बिनौना र बैजापुरमा पनि किसान महिलाले बाख्रापालन गर्दै आएका छन् । बाँके जिल्लाभरिबाट यस वर्षको दसैँ तिहारमा दुई करोड बढीका खसीबोका जिल्लाका विभिन्न सहकारी संस्थामार्फत बिक्री भएको उनको अनुमान छ ।
त्यस्तै सहकारी मार्फत गठन गरिएका ५९ समूहमा एक हजार किसान महिला सदस्य छन् । तीमध्ये हाल करिब छ सय किसान महिलाले व्यावसायिक बाख्रापालन गर्दै आएका छन् । सहकारीबाट खसीबोका तथा बाख्रा पालनका लागि ऋणसमेत उपलब्ध गराउँदै आएको सिर्जनशील सामाजिक उद्यमी महिला सहकारी संस्थाकी प्रबन्धक गुरुङले बताइन् ।
हेफर इन्टरनेसन ललगायतका संघ-घसंस्थाले समेत बाँकेका बाख्रापालक किसान महिलाले उत्पादन गरेका खसीबोकाको बजारीकरणमा सहयोग गर्दै आएका कारण बाख्रापालनबाट किसान महिलाहरु आत्मनिर्भर बन्दै गएको राप्तीसोनारी गाउँपालिका–७,का वडाध्यक्ष रामलखन चौधरीले बताए।
राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष तप्तबहादुर पौडेलले राप्तीसोनारी गाउँपालिका बाख्रापालनका लागि पकेट क्षेत्र भएको बताए । बाख्रापालनमा किसानलाई आकर्षित गर्न गाउँपालिकाले आवश्यक पहल गरिरहेको उनको भनाइ रहेकोे छ ।रासस
