
Ksm
Pbu
Gmk
Gisld
Rbs
Mbdvs
Sds
Anm
mbd

Bbbpu
Rgu
Gst
Rsb
Sbs
Hal
Tsm
Sls
Ksm
Rgu
Asm
nsb
Pvg
Rgs
Vor
Bbu
Wsp
Ggd
Ssm

Mks
Syp
Pls
Bml
Jmb
Gsb
bbt
Abd
Jmb
Rmb
Rpp
sab
Ptm
दाङ । देउखुरीको साधारण नमूना माध्यमिक विद्यालय राजपुर–५, सालभौरी गंगदीमा शुद्ध खानेपानी टङ्की सहित व्यवस्थित बालविकास कक्षाको उद्धघाटन गरिएको छ । विद्यालयका प्रधानाध्यापक नबराज कालाथोकिको सभाध्यक्ष र राजपुर गाउँपालिका उपाध्यक्ष धनपति यादबको प्रमुख आतिथ्यमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
त्यस्तै उक्त बाल कक्षाको रिबन काटि उद्धघाटन गर्दै प्रमुख अतिथि यादबले बालबालिकाको शैक्षिक प्रारम्भिक चरण बालविकास कक्षाबाट शुरु हुने भएकाले यस किसिमको व्यवस्थापनले कलिला बालबालिकाको शैक्षिक तथा मानसिक स्तर विकासमा महत्वपूर्ण भूमिका खेल्ने साथै शिक्षा क्षेत्रमा सीपी नेपालको कार्य अतुलनीय रहेको बताउनु भएको थियो । क्रियटिङ पोसिबिलिटिज नेपाल (सीपी नेपाल) को ४ लाख ५६ हजार र विद्यालयको ९५ हजार गरी ५ लाख ५१ हजारमा उक्त कक्षाको व्यवस्थापन गरिएको कार्यक्रममा जानकारी गराइएको थियो ।
यस्तै कार्यक्रममा राजपुर गाउँपालिकाका शिक्षा शाखा प्रमुख केशब लम्साल,सीपी नेपालका विद्यार्थी संयोजक श्याम चौधरीले आ-आफ्नो मन्तव्य व्यक्त गर्नुभएको थियो । राजपुर गाउँपालिकाका प्रशासन शाखा प्रमुख महेश थापा ठेडि र योजना शाखाका कर्मचारी सनम धितालको पनि उपस्थिति रहेको उक्त उद्धघाटन कार्यक्रमको संचालन गोकुलराज भट्टले गर्नुभएको थियो ।
