
Usb
Lnp
Jns
Sgp
Rgp
Asb
Ggp
Lks
Rgp
Rgp
lnp
Ggp
ksb
Dus
Rgp

lms

काठमाडौं । तिहारमा उपत्यकादेखि बाहिरिने यात्रुहरुसँग धेरै भाडा असुलेको आरोपमा ट्राफिक प्रहरीले १९ वटा यात्रुवाहक सवारीसाधनलाई कारबाही गरेको छ ।
मंगलबार चेकजाँच गर्दा धेरै भाडा असुलेको भेटिएपछि १९ वटा यात्रुका चालकलाई कारबाही गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेश सुवेदीले बताए ।
त्यस्तै चाडपर्वको मौका छोपेर तोकिएको भन्दा धेरै भाडा असुलेको थाहा पाएमा ट्राफिक प्रहरीको हटलाइन नम्बर १०३ मा जानकारी गराउन उपत्यका ट्राफिक प्रहरी कार्यालयले आग्रह गरेको छ । बढी भाडा असुल्ने चालकलाई यातायात व्यवस्था ऐन–२०४९ अनुसार कारबाही हुने कानुनी व्यवस्था रहेको छ । रातोपाटी
