सागर थापा/सिधा-पत्र क्राइम बिट प्रमुख आइतबार, आश्विन २६, २०८२

बाँके । यौन धन्दा चलाउने दर्जनौं होटल-रेष्टुरेन्टमा
नेपाल प्रहरीले छड्के जाँच गर्दा पुरुष र महिला गरि ४५ जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार यौन धन्दा चलिरहेको जनगुनासो आएपछि छुट्टाछुट्टै टोली बनाएर मिलन कटेज, भेरी–कर्णाली होटल, रिभरसाइड र दंगाली होटलमा एकैपटक छापा मार्दा यौन धन्दामा संगल्न व्यक्तिहरु पक्राउ परेका हुन् ।

उक्त कारबाहीका क्रममा ३१ जना महिला र १४ जना पुरुष गरी ४५ जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । पक्राउ परेकामध्ये पुरुषहरु धेरैजना भारतीय नागरिक रहेको प्रहरीको भनाइ छ ।

त्यस्तै प्रहरीले नियन्त्रणमा लिइएका व्यक्तिहरुबाट आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ। साथै,यौन धन्दामा संलग्न हुने र त्यसलाई प्रोत्साहन गर्ने होटल तथा व्यक्तिमाथि कानुनी कारबाही गर्ने तयारी गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रबक्ता एवं सूचना अधिकारी डिएसपी दिपक पारलीले जानकारी दिए ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]