
Ggp
Lks
Pbu
Usb
Rgp
Jns
lnp
Rgp
Ggp
Asb
Dus
Dbs
Rgp
Lnp
ksb
Sgp
Rgp


दाङ । जेनजी आन्दोलनको मौका छोपेर तुलसीपुर कारागारबाट भागेका ६ जना कैदीबन्दीलाई प्रहरीले पक्राउ गरेको छ ।
त्यस्तै पक्राउ पर्नेहरुमा कर्तव्य ज्यान मुद्धामा १५ बर्ष कैद सजाय तोकिएका दाङको राप्ती गाउँपालिका–८ पिपरीका बुधिराम चौधरी भन्ने बुधराम चौधरी र ५ जना जवरजस्ती करणी मुद्धामा कैद भोगिरहेकाहरु छन् । जवरजस्ती करणी मुद्धामा ७ बर्ष कैद सजाय तोकिएका घोराही उपमहानगरपालिका–१३ मौला निवासी नारायण घर्तीमगर, सोही मुद्धामा १८ बर्ष कैद सजाय तोकिएका गढवा गाउँपालिका–१ का सुनिल नेपाली, १२ बर्ष कैद सजाय तोकिएका घोराही–५ का बसन्त सार्की, ८ बर्ष कैद सजाय तोकिएका घोराही–१७ का मनोज चौधरी र १४ बर्ष कैद सजाय तोकिएका सल्यानको कालिमाटी गाउँपालिका–७ का जिवन भन्ने जिउपाल दमाई रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता तथा डीएसपी चक्र बहादुर शाहले जानकारी दिए ।
गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा भागेका उनीहरुलाई यहीँ असोज १७ गतेदेखी २१ ग्ते सम्मको अवधीमा पक्राउ गरी कारागार कार्यालय तुलसीपुरमा बुझाइएको प्रहरीले जनाएको छ । विभिन्न मुद्धामा तुलसीपुर कारागारमा कैद भुक्तान गरिरहेका ४ सय ४६ जना कैदी मध्य जेनजी आन्दोलनको क्रममा २ सय ५४ जना भागेका थिए ।
जसमध्य अहिलेसम्मको अवधीमा १५४ जनालाई पुनः नियन्त्रणमा लिएर कारागारमा राखिएको छ भने बाहिर जिल्लामा पक्राउ परेका १८ जनालाई सम्बन्धित जिल्ला कारागारमै राखिएको कारागार कार्यालय तुलसीपुरका प्रमुख गेर बहादुर सेजवालले जानकारी दिए । ८२ जना कैदी अझै फरार रहेकाले उनीहरुको खोजी भइरहेको उनले बताए ।
