Sidha Patra मंगलबार, आश्विन २१, २०८२

काठमाडौँ । सर्वोच्चसहित देशभरका अदालतहरु दसैँ बिदापछि खुलेका छन् । घटस्थापनाको दिनदेखि बन्द भएका अदालतहरू आजदेखि खुलेका हुन् ।

जेनजी आन्दोलन र त्यसपछिको प्रदर्शनमा भएको तोडफोड तथा आगजनीका कारण सर्वोच्च,विशेष र जिल्लासहित देशभरका अदालतहरूमा क्षति पुगेको छ । सर्वोच्चले यसअघि बन्दीप्रत्यक्षीकरण सुनुवाइ सुरु गरिसकेको छ ।

त्यस्तै अदालतले घटस्थापना अघिसम्म अपराध अनुसन्धानका लागि नियन्त्रणमा लिइएका व्यक्तिलाई हिरासतमा राख्ने म्याद थप,कल डिटेल अनुमति,जरुरी पक्राउ पुर्जी स्वीकृति,पक्राउ पुर्जी अनुमति,बन्दीप्रत्यक्षीकरणको निवेदन,अभियोग पत्रसाथ उपस्थित गराइएका प्रतिवादीहरूको बयान र थुनछेक गरी ६ प्रकारका काम गर्न थालेको थियो।

अब दर्ता विवाह,अधिकृत वारेसनामा,मृत्युको न्यायिक घोषणा,संरक्षक नियुक्ति र विशेष प्रकृतिका निवेदनहरुको दर्ता तथा कारबाहीसम्बन्धी ५ वटा सेवा थप गरिएको अदालतले जारी गरेको सूचनामा उल्लेख रहेको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]