ओमप्रकाश गुप्ता सोमबार, आश्विन २०, २०८२

दाङ । देउखुरीको राप्ती गाउँपालिकामा रहेको राप्ती प्रेस मञ्चले आगामी असोज २४ गते स्थापना दिवस तथा शुभकामना आदानप्रदान कार्यक्रम गर्ने भएको छ।

मञ्चका अध्यक्ष अर्जुन अधिकारीको अध्यक्षतामा सोमबार राप्ती गाउँपालिका ३ मसुरियामा बसेको कार्यसमितिको पूर्ण बैठकले यस्तो निर्णय गरेको हो। मञ्चले स्थापना दिवसका अवसरमा राप्ती गाउँपालिका वडा नम्बर ८ मिलनडाँडा कोहलुवामा रहेको निलसागर सेवा आश्रममा फलफूल वितरण र सोही दिन विहान ११ बजे राप्ती गाउँपालिकाको सभाहल मसुरियामा तिहार तथा छठ लगायतका पर्वहरूको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गर्ने निर्णय गरेको मञ्चका महासचिव ओमप्रकाश गुप्ताले जानकारी दिए ।

यस्तै बैठकले मञ्चको आगामी बैठकहरू वडागत रूपमा घुम्ती बैठक बस्ने र आगामी कार्तिक २० गतेको पुर्ण बैठक वडा नम्बर १ मा बस्ने निर्णय गरेको छ । यस्तै बैठकले मञ्चले आयोजना गरेको हरेक कार्यक्रममा मञ्चको पोशाक अनिवार्य लगाउने निर्णय समेत गरेको छ । त्यस्तै बैठकले हालै सम्पन्न गरेको कार्यक्रमहरूको समीक्षा समेत गरेको छ ।

बैठकमा मञ्चका वरिष्ठ उपाध्यक्ष सन्तोष कुमार गुप्ता,उपाध्यक्ष बलराम शाही(भिसुन), महिला उपाध्यक्ष हुमा सुनार, सचिव देवेन्द्रराज कंडेल (श्रीधर), कोषाध्यक्ष लक्ष्मी पोख्रेल, सह-कोषाध्यक्ष लालमणी भुसाल र सदस्यहरू मोतीराम भट्टराई, विदुर एमसी लगायतको उपस्थिति रहेको थियोे । बैठकको सहजीकरण मञ्चका महासचिव ओमप्रकाश गुप्ताले गरेका थिए ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]