
Usb
Sgp
Lnp
Rgp
Dus
Ggp
Rgp
Lks
Rgp
Jns
ksb
Asb
Rgp
lnp
Ggp

lms

दाङ । देउखुरीको राप्ती गाउँपालिकामा रहेको आशाका किरण संस्थाले एक मृतक घरपरिवारलाई खाद्यन्न सहयोग गरेको छ । गढवा गाउँपालिका वडा नम्बर १ बनघुस्री निवासी आर्थिक अवस्था निकै कमजोर भएको साथै गत असोज १६ श्रीमति गुमाएका गोवर्धन कुमालको परिवारलाई आइतवार सो संस्थाले ५ हजार बराबरको विभिन्न खाद्य सामग्रीहरु हस्तान्तरण गरेको छ ।
ज्वरोका कारण बुटवल स्थित लुम्बिनी सिटी हस्पिटलमा उपचारका क्रममा श्रीमति कमला कुमालको ज्यान गएपछि अझै समस्यामा परेको कुमाल परिवारलाई संस्थाले आइतवार बेलुका घरमै पुगेर खाद्य सामाग्री सहयोग गरेको हो । संस्थाले मृतक परिवारलाई चामल, दाल, चिनी, चिउरा, खानेतेल, चियापत्ती, साबुन लगायतका खाद्य सामाग्री स्वर्गीय कमलाका श्रीमान् गोवर्धन कुमाललाई गढवा गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष बाबुराम अधिकारीको रोहवरमा संस्थाका कार्यवाहक अध्यक्ष दिवस आचार्य, संस्थापक अध्यक्ष सुर्यकिरण केसीले हस्तान्तरण गरेका थिए ।
त्यस्तै खाद्यन्न सहयोग कार्यक्रममा संस्थाका प्रेस संयोजक ओमप्रकाश गुप्ता,सदस्यहरु पवित्रा विश्वकर्मा,सिर्जना खड्का,जनप्रिय सामुदायिक वन उपभोक्ता समुहका निर्वतमान अध्यक्ष चित्र बहादुर महतारा,युवा अभियान्ता सन्देश भण्डारी क्षेत्री लगायतका विशेष उपस्थिती रहेको थियो । यसै बीच संस्थाले १ मिनेट मौन धारण गरि स्वर्गीय कमला प्रति श्रद्धाञ्जली र मृतक परिवारजनमा समवेदना समेत प्रकट गरेको छ ।
यस्तै २० दिनदेखि लगातार ज्वरोले नछोडेपछि स्थानीय मेडिकल हुँदै बुटवल स्थित लुम्बिनी सिटी हस्पिटलमा उपचारका क्रममा गत असोज १६ गते कमलाको निधन भएको हो । ९० वर्षिय आमा,आफु र १ छोरा सँगै बस्दै आएका कुमाल परिवारको घरको अवस्था निकै कमजोर भएको र मृतक श्रीमतीलाई समेत बुटवलबाट घरसम्म ल्याउने पैसा समेत नभएपछि पीडित परिवारले सहयोगको हात फैलाएका हुन् ।
