Sidha Patra शनिबार, आश्विन १८, २०८२

काठमाडौँ । सरकारले देशभर २ दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयले शनिबार जारी गरेको सूचनामा देशका विभिन्न भागमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको र जसका कारण आइपर्नसक्ने परिस्थितिलाई मध्यनजर गर्दै असोज १९ र २० गते सार्वजनिक बिदा निर्णय गरिएको उल्लेख छ ।

त्यस्तै मन्त्रालयका अनुसार पछिल्ला दिनमा लगातार वर्षा भइरहेको र अझै असोज २० गतेसम्म तीव्र वर्षा जारी रहने पूर्वानुमान भएकाले बाढी, डुबान, भूक्षय र सडक तथा हवाई यातायात अवरुद्ध हुने जोखिम बढेको छ। त्यस्ता सम्भावित जोखिमका कारण जनधनको क्षति हुन सक्ने देखिएकाले सुरक्षाको दृष्टिले देशभर सार्वजनिक बिदा दिने निर्णय गरिएको सूचनामा उल्लेख छ । दसैँ बिदापछि आइतबारदेखि कार्यालय खुल्ने तयारी रहेकै बेला दुई दिन बिदा थप गरिएको हो ।

यस्तै मन्त्रालयका सहसचिव तथा प्रवक्ता आनन्द काफ्लेले जारी गरेको सूचनामा भनिएको छ, ‘२०८२ असोज १९ र २० गतेका दिन विपद् व्यवस्थापन र अत्यावश्यक सेवासँग सम्बन्धित कार्यालयहरू बाहेक नेपालभरका सबै कार्यालय, संस्था र निकायमा सार्वजनिक बिदा रहनेछ।’

त्यस्तै सरकारी निकालयले नागरिकलाई सम्भावित विपद् जोखिमलाई ध्यानमा राखी अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कन, सुरक्षित स्थानमा रहन र सरकारी सूचना तथा निर्देशनअनुसार आचरण गर्न आग्रह गरे छ । सरकारले वर्षाका कारण उत्पन्न हुन सक्ने बाढी,पहिरो र डुबान जस्ता जोखिमबाट नागरिकको ज्यान र सम्पत्ति सुरक्षित राख्न सबै तहका प्रशासनिक र सुरक्षात्मक निकायहरूलाई तयारी अवस्थामा रहन समेत निर्देशन दिइसकेको छ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]