
Sgp
Asb
Dus
Rgp
Lnp
ksb
Usb
Rgp
Jns
Ggp
lnp
Rgp
Lks
Ggp
Rgp

lms

काठमाडौं । विपद प्रतिकार्यका लागि सशस्त्र प्रहरीका ७ हजार बढी जनशक्ति परिचालन भएका छन् । ६३ जिल्लामा माइकिङ गरेर सुरक्षित रहन आह्वान गरिएको छ ।
राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव एवं विपद प्रतिकार्य शाखाप्रमुख रामबहादुर केसीका अनुसार ७ हजार ३१५ जना सशस्त्र प्रहरी परिचालन भएका छन् । बिभिन्न टोलीले जनचेतानाका लागि माइकिङ गरेर सुरक्षित रहन आह्वान गरिएको उनले बताए ।
त्यस्तै २६ वटा विपद प्रतिकार्य वेश तयार गरिएको छ । ९ वटा विपद प्रतिकार्य वेश यस अगाडि नै रहेका थिए । यी सबै वेशमार्फत काम भइराखेको छ । ९९० जना स्वयमसेवक तयार गरिएको छ । उनीहरूलाई १८ दिने तालिक दिएर तयारी अवस्थामा राखेको हो ।
यस्तै उद्धार उपकरणहरु समेत तयारी अवस्थामा राखिएको र आवश्यकता अनुसार तुरुन्तै प्रयोग गर्न सकिने केसीले जानकारी दिए ।
