
Ggp
Dbs
Rgp
Rgp
Pbu
Rgp
Rgp
Lnp
Sgp
lnp
ksb
Ggp
Usb
Lks
Asb
Dus
Jns


दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रलले दाङमा खानेपानीको समस्यालाई छिट्टै नै समाधान गर्ने बताउनु भएको छ । दाङ जिल्लामा खानेपानी समाधानका लागि हाइड्याम्पको निमार्ण र माडीको पानी दाङमा ल्याएर खानेपानीको समस्या समाधान गर्ने बताउनु भएको हो ।
बिहीबार तुलसीपुर उपमहानगरपालिका वडा नं १८ को नवनिर्मित भवनको उद्घाटन गर्दै मुख्यमन्त्री पोख्रेलले सरकारले उपलब्ध गराउदै आएको औषधी स्थानीय स्वास्थ्य चौकीमा उपलब्ध हुदै आएको वडावासीलाई जानकारी दिनु भएको छ । साथै उहाँले प्रदेश सरकारले विकास पूर्वाधारका कामलाई प्राथमिकतामा राखेर काम अगाडी बढाएको बताउनु भयो । त्यस्तै मुख्यमन्त्री पोख्रेलले प्रदेश सरकारले कृषि खेती गर्ने कृषकलाई तीन वर्षका लागि व्याजमा अनुदान दिने बताउनु भएको छ ।
यसैगरी मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम अन्तरग यस्तो अनुदान दिन लागेको उहाँले भन्नु भयो । साथै उहाँले कार्यक्रममा बोल्दै कृषि खेती पराम्परगत प्रणालीलाई त्यागेर व्यावसायीक खेतीका रुपमा परिर्वतन गर्न कृषकलाई सुझाब दिनु भयो । त्यस्तै उहाँले कार्याक्रममा बोल्दै राप्ती प्रादेशिक अस्पताललाई सुविधा सम्पन्न बनाउनको लागि गुरुयोजना तयार निमार्ण गरी यसै वर्षबाट कामलाई अगाडी बढाउने उहाँको भनाइ छ । यस्तै उहाँले अर्को फरक प्रसंगमा बोल्दै तुलसीपुरले आज मात्रै सार्वजनिक गरेको तुलसीपुर असर प्रतिवेदन २०७६ सार्वजनिक तथा एकिकृत शिक्षा सुधार मरामर्श कार्यक्रमको बारेमा चर्चा गर्नु भएको थियो ।
त्यस्तै विद्यालयको विस्तृत रुपमा अध्ययन गरेर तुलसीपुरले शिक्षाको अवस्थाको बारेमा प्रतिवेदन प्रस्तुत गरेको छ । यो नेपालमा कुनै पनि पालिकाले नगरेको भन्दै चर्चा गर्नु भएको थियो । शिक्षाको अवस्था सुधार गर्न घर परिवार र वडा कार्यालयले ध्यान दिन आग्रह समेत गर्नु भयो । साथै दाङको एतिहासिक पर्यटक स्थल छिल्लीकोटको विकासका लागि सडक निमार्ण कार्य अगाडी बढाएको उहाँको जिकिर थियो । साथै वडा वडाका सडकहरु कालोपत्रे भएको बताउनु भयो । त्यस्तै उहाँले ग्वारखोलामा हाइड्याम्प निर्माण गर्ने बताउनु भएको छ । साथै उहाँले कोरोना अस्पताल बेल्झुण्डीमा सञ्चालन गर्न वडावासीले अनुमति दिएको भन्दै वडावासीलाई पनि धन्यावाद दिनु भएको छ ।
यस्तै तुसलीपुर उपमहानगर पालिका वडा नं १८ को नवनिर्मीत भवन उद्घाटन तथा सम्मान कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेशका मुख्यमन्त्री शकर पोख्रेल तथा सांसद सुनिता शाक्य,तुलसीपुर उपमहानगर पालिकाका प्रमुख घनश्याम पाण्डे,राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माको विशिष्ट अतिथ्यता र तुलसीपुर उपहानगर पालिकाका उपप्रमुख माया आचार्य,तुलसीपुर उपमहानगर पालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत भाष्करराज गौतम लगायतको आतिथ्यतामा कार्यक्रम भएको थियो ।
साथै तत्कालिन जनप्रतिनिधि,दिवंगत परिवारका सदस्य र विद्यालयमा उत्कृष्ट नतिजा प्राप्त गर्ने विद्यार्थीलाई सम्मान गरेको थियो । वडा सदस्य धन बहादुर बस्नेतको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा पूर्व जनप्रतिनिधी घनश्याम नेपालीले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।
