
Csbus
Nssbus7
dsbus
Pbu
Gsl
Gsbus
Ddhbs
Ratbs
Jsbus
Ssbus
Bksbus5
Rbs
gms
Amb

Sls
Asm
Rgu
Pvg
Bbbpu
Ggd
Bbu
Sbs
Hal
nsb
Ksm
Rsb
Vor
Tsm
Ssm
Gst
Rgs
Rgu
Wsp

Bml
Gsb
Jmb
sab
Mks
Ptm
bbt
Pls
Jmb
Syp
Rpp
Abd
Rmb
काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री डाक्टर महावीर पुनले शिक्षकको तलब निकासा गर्न निर्देशन दिएका छन् ।
दशैं-तिहारमा पनि तलब निकासा नभएको गुनासो शिक्षकहरुले गरेपछि मन्त्री पुनले तलब निकासा नगरे कारबाही गर्ने चेतावनी दिएका छन् ।
‘मन्त्रालयबाट पैसा गएर पनि तलब नखुवाउने पालिकाहरुलाई सूचना – दशैं-तिहारको अवसरमा पालिकाले तलब निकासा गरिदिएन भनेर केही प्रअ र शिक्षकहरुको गुनासो आएको छ। शिक्षा मन्त्रालयबाट तलब पहिले नै हरेक पालिकामा पठाइसकेको छ । भोलिसम्ममा कुनै नाजायज र अन्यायपूर्ण तरिकाले तलब नपाएको शिक्षकहरुको तलब निकास नगरेमा त्यस्ता पालिकालाई नियमानुसार कारबाही गरिनेछ’,पुनले भने ।
त्यस्तै दशैं-तिहारको अवसरमा विद्यालय व्यवस्थापन समितिले र प्रधानाध्यापकले तलब निकासा गरि दिएन भनेर पनि गुनासो आएको उनले बताए । ‘भोलि सम्ममा कुनै नाजायज र अन्यायपूर्ण तरिकाले तलब नपाएको शिक्षकहरुको तलव निकास नगरेमा त्यसता विद्यालयका प्रधानाध्यापकलाई नियमानुसार कारबाही गरिनेछ’, मन्त्री पुनले भनेका छन् ।
