
Ssb
Ppu
Ssb
Rks
Ksb
Tgp
Gsb
Rsb
Ksb
Usb
Bsn
Nsb
Ksb
Csb

Usb
Hl1
Tsb
Ssb
Gsb

ptl
Nps
Rgu
काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री डाक्टर महावीर पुनले शिक्षकको तलब निकासा गर्न निर्देशन दिएका छन् ।
दशैं-तिहारमा पनि तलब निकासा नभएको गुनासो शिक्षकहरुले गरेपछि मन्त्री पुनले तलब निकासा नगरे कारबाही गर्ने चेतावनी दिएका छन् ।
‘मन्त्रालयबाट पैसा गएर पनि तलब नखुवाउने पालिकाहरुलाई सूचना – दशैं-तिहारको अवसरमा पालिकाले तलब निकासा गरिदिएन भनेर केही प्रअ र शिक्षकहरुको गुनासो आएको छ। शिक्षा मन्त्रालयबाट तलब पहिले नै हरेक पालिकामा पठाइसकेको छ । भोलिसम्ममा कुनै नाजायज र अन्यायपूर्ण तरिकाले तलब नपाएको शिक्षकहरुको तलब निकास नगरेमा त्यस्ता पालिकालाई नियमानुसार कारबाही गरिनेछ’,पुनले भने ।
त्यस्तै दशैं-तिहारको अवसरमा विद्यालय व्यवस्थापन समितिले र प्रधानाध्यापकले तलब निकासा गरि दिएन भनेर पनि गुनासो आएको उनले बताए । ‘भोलि सम्ममा कुनै नाजायज र अन्यायपूर्ण तरिकाले तलब नपाएको शिक्षकहरुको तलव निकास नगरेमा त्यसता विद्यालयका प्रधानाध्यापकलाई नियमानुसार कारबाही गरिनेछ’, मन्त्री पुनले भनेका छन् ।
