श्रावण बस्नेत बिहिबार, फाल्गुण ०६, २०७७

दाङ । देउखुरी पुरानाे तथा दाेस्राे धनी विद्यालयकाे रुपमा रहेकाे बालजनता माध्यमिक विद्यालय बनगाउमा नयाँ प्रअ हाजिर हुनु भएको छ ।

प्युठानको ऐरावति गाउँपालिका वडा नम्बर ३ धर्माेदय माध्यमिक विद्यालयबाट सरुवा मिलाएर बालजनता मा.वि बनगाउँमा आउनु भएका कृष्ण केसीले प्रअको जिम्मेवारी पाउनु भएको हाे । त्यस्तै प्रअकाे कार्यकाल ७ वर्ष भए पनि उहाँले प्युठानमा २१ वर्ष सेवा दिनु भएको थियाे । यस्तै केसी ०७६ साल असार १० गते मा.वि बनगाउँमा बिज्ञान बिषयकाे शिक्षककाे रुपमा अध्यापन गराउदै आउनु भएको थियाे । माघकाे १० गते नयाँ अध्यक्ष मंगल चौधरी आउनु भए संगै माघकाे १६ गते पुराना प्रअ चेतलाल चौधरीले राजिनामा पेश गर्नु भएको थियाे । समितिका अध्यक्ष मंगल प्रसाद चौधरीकाे अध्यक्ष्यतामा बसेकाे ब‌ैठकले माघकाे १८ गतेदेखि लागू हुने गरि केसीलाई प्रअकाे जिम्मेवारी दिइएको हाे । यस अघिका प्रअ चेतलाल चौधरीले स्वास्थ्य खराबीकाे कारण देखाउदै प्रअबाट राजिनामा दिनु भएको थियाे ।

यस्तै गढवा ७ घाेराहा घर भएका केसीले समितिले दिएकाे जिम्मेवारीलाई सहजै निर्बाह गर्ने भन्दै आफु प्युठानमा रहदा पनि प्रअमा लामाे समय काम गरिसकेकोले आफुमा पुरा अनुभव रहेको बताउनु भयो । त्यस्तै उहाँले विद्यालयकाे उन्नति र बिकासका लागि आफू सधैब  प्रतीबद्ध भएर लागि पर्ने बताउनु भएको छ । त्यसैगरी उहाँले आफुलाई सबैको साथ र सहयोग रहेमा छाेटाे समयमा उदाहरणीय कार्य गर्ने दाबी पनि गर्नु भएको छ ।

सिधा पत्र अनलाइन कर्मीसंग कुरा गर्दै उहाँले एक्लाे प्रयासबाट कुनै पनि कार्य सफल नहुने भएको हुँदा त्यसका लागि सबैकाे साथ र सहयाेग चाहिने भन्दै सम्बन्धित निकाय सबैलाई सहयोग गर्न समेत आग्रह गर्नु भयो । वि.स २०१७ सालमा स्थापना भएको सो विद्यालयमा हाल सम्म उहाँ ८ औं प्रअको रुपमा जिम्मेवारी पाउनु भएको हो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]