प्रिया स्मृती गजमेर/लमही बुधबार, आश्विन ०७, २०८२

दाङ । गोरखा मोडेल सेकेण्डरी स्कुल लमहीद्वारा आयोजित तेस्रो दसैं मिलन भलिबल खेलकुद प्रतियोगितामा गढवा गाउँपालिकाले विजयी हासिल गरेको छ । मंगलबार सम्पन्न फाइनल खेलमा गढवाले संयुक्त प्रहरीको टोलीलाई पराजित गर्दै पहिलो स्थानमा आफ्नो नाम लेखाएको हो । संयुक्त प्रहरीले उपविजेतामा चित्त बुझाएको छ ।

विद्यालयले प्रत्येक वर्ष जस्तै यस वर्ष पनि प्रतियोगिताको आयोजना गरेको थियो । प्रतियोगितामा गोरखा स्कुल, नेपाल शिक्षक महासंघ, लमही प्याबसन, देउखुरी युवा क्लव, संयुक्त प्रहरी, राप्ती गाउँपालिका, गढवा गाउँपालिका र देउखुरी उद्योग वाणिज्य संघ लमही गरी ८ टिमले सहभागिता जनाएका थिए ।

प्रतियोगितामा विजेता गढवा गाउँपालिकाले एक वटा बोका, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता संयुक्त प्रहरी टोलीले पाँच वटा लोकल कुखुरा, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको गोरखा मोडेल सेकेण्डरी स्कुलका खेल शिक्षक झलक सिंह रसाइलीले जानकारी दिए ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै विद्यालयका प्रधानाध्यापक लोकमान रिजालले खेलकुदले विद्यार्थीहरूको शारीरिक, मानसिक र सामाजिक विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने उल्लेख गरे । उहाँले अध्ययनसँगै खेलकुदलाई जीवनको अभिन्न पाटोको रूपमा लिन विद्यार्थीलाई आग्रह पनि गरे ।

प्रतियोगिता गोरखा ग्रुपका अध्यक्ष विष्णु घर्ती मगरको अध्यक्षतामा सम्पन्न भएको थियो भने संचालन प्लस टु संयोजक प्रकाश ओलीले गरेका थिए । रेफ्रीको भूमिका खेल प्रशिक्षक भरत कँवर र रवीन्द्र जिसीले निर्वाह गरेका थिए ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]