
Gsb
Ksb
Nsb
Ksb
Rsb
Ssb
Tgp
Ppu
Usb
Ssb
Ksb
Rks
Bsn
Csb

Usb
Hl1
Ssb
Tsb
Gsb

ptl
Rgu
Nps
दाङ । गोरखा मोडेल सेकेण्डरी स्कुल लमहीको आयोजनामा तेस्रो दसैं मिलन भलिबल खेलकुद प्रतियोगिता सोमबारदेखि सुरु भएको छ ।
गोरखा ग्रुप दाङका अध्यक्ष बिष्णु घर्ती मगरको अध्यक्षतामा उद्घाटन भएको खेलकुद प्रतियोगिता राप्ती गाउँपालिका, गढवा गाउँपालिका,देउखुरी उद्योग बाणिज्य संघ,प्याब्सन लमही नगर,देउखुरी भलिबल क्लब,शिक्षक महासंघ लमही र आयोजक टिम,नेपाल प्रहरी गरि ८ वटा टिम समावेश गरिएको विद्यालयले जनाएको छ ।
कार्यक्रममा अतिथि लगायत खेलाडीहरुलाई स्वागत गर्दै विद्यालयका प्रिन्सिपल लोकमान रिजालले खेलकुदले विद्यार्थीको शारीरिक,मानसिक र सामाजिक विकासमा योगदान पुर्याउने बताए । उनले खेलकुदलाई अध्ययनसँगै जीवनको महत्वपूर्ण पाटोका रुपमा लिन आग्रह समेत गरे ।
नकाउट सिस्टममा खेलाइने दुई दिने प्रतियोगिताको रेफ्री संयोजकमा भरत कवर र सहायक रेफ्रीमा रबिन जिसी रहेका छन् । उद्घाटन सत्र कार्यक्रमको संचालन विद्यालयका शिक्षक प्रकाश वलीले गरेका थिए ।
