
Syees
Pbu
Gsbus
Csbus
Bksbus5
Amb
Ssbus
Jsbus
syysr
Gsl
gms
Nssbus7
Ddhbs
Ratbs
Rbs
dsbus

Pvg
Wsp
Gst
Tsm
Rsb
nsb
Hal
Ksm
Asm
Ggd
Rgs
Rgu
Ssm
Rgu
Sbs
Bbbpu
Bbu
Vor
Sls

Gsb
Rpp
sab
Jmb
Bml
Syp
Pls
Abd
bbt
Jmb
Mks
Rmb
Ptm
काठमाडौं । कक्षा ६ मा अध्ययनरत तीन जना छात्राले स्वरबद्ध गरेको माता जगदम्बाको भजन गीत सार्वजनिक भएको छ ।
भक्तपुर निस्ट स्कुलमा अध्ययनरत सौम्या आचार्य, आरोशी बराल र विदिता भट्टराईको स्वरमा माता जगदम्बाको भजन घटस्थापनाको अवसर पारेर सार्वजनिक गरिएको हो । भक्तपुर निस्ट स्कुलमा सोमबार एक कार्यक्रमका बीच प्रिन्सिपल दिलिप रानाले औपचारिक रुपमा भजन सार्वजनिक गरेका छन् । नानीहरुले निकै राम्रो भजन गाएको र यसले विद्यालयका अरु बालबालिकालाई पनि प्रेरणा मिल्ने विश्वास उनले व्यक्त गरे ।
भजनमा बालबालिकाले आफूहरुले जानेर या नजानेर गरिरहेको भक्तिलाई बुझेर दर्शन दिन देवी मातासँग प्रार्थना गरेका छन् । उनीहरुले देवी जगदम्बासँग ज्ञानको भिक्षा पनि मागेका छन् । सबै जीव देवी माताकै सन्तान भएको र हरेक जीवमा माताकै अंश रहेको कुरालाई भजनले मूल रुपमा उजागर गरेको छ ।
पत्रकार डीआर आचार्यले रचना गरेको भजनमा राजेन्द्र सुवेदीले संगीत भरेका छन् । भजनको म्युजिक भिडियोको निर्देशन केवशराज भट्टले गरेका हुन् ।’अम्बे ! अम्बे ! जय अम्बे ! जय जगदम्बे !’ शीर्षकमा रहेको भजनमा संगीतकार सुवेदीको पनि स्वर छ । ओपल रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको भजनको एरेन्ज विष्णु अधिकारीले गरेका हुन् भने रेकर्डिस्ट शंकर लिम्बू हुन् ।
भजनको प्रोडक्सन म्यानेजर नथुनी जैसवाल रहेका छन् । भजनमा डीआर आचार्य एवं गायिकाहरु सौम्या, आरोशी र विदिताले अभिनय गरेका छन् । भजनको सिनेमाटोग्राफर अजय रेग्मी हुन् भने शृंगारमा विमला तामाङ रहेकी छन् । दिपक विष्टले सम्पादन गरेको भिडियोको पोस्ट प्रोडक्सन प्रफिट मिडिया प्रालिले गरेको हो ।
त्यस्तै भजन सार्वजनिक गर्न आयोजित कार्यक्रममा प्रिन्सिपल रानासहित शिक्षक तथा अन्य कर्मचारीहरु,अभिभावक एवं विद्यालयका बालबालिकाको उल्लेख्य सहभागिता रहेकोे थियो ।
