
Gfs
sbs
Sgr
Srbpu
Unsku
Lnp
Ggp
pku
cjs
Rgp
Djs
Pbu
Rgp1
Pes

Sls
Gst
Ksm
Rgu
Sbs
Hal
Pvg
Bbu
Rgs
Ssm
Vor
Tsm
Asm
Ggd
Rsb
Wsp
Rgu
nsb
Bbbpu

Bml
bbt
Abd
Mks
Rpp
sab
Jmb
Ptm
Pls
Jmb
Gsb
Syp
Rmb
दाङ । जेनजी आन्दोलनबाट खण्डहर भएको तुलसीपुरका सरकारी कार्यालयको लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेत नारायण आचार्यले अनुगमन गरेका छन् ।
मुख्यमन्त्री आचार्यले तुलसीपुर उपमहानगरपालिका, उच्च अदालत तुलसीपुर,उच्च सरकारी वकिलको कार्यालय,पार्टी कार्यालय,कोमल रिसोर्ट,मालपोत कार्यालय,लोकसेवा आयोग,आन्तरिक राजश्व कार्यालय,भू–तथा जलाधार कार्यालयको अनुगमन गरेका हुन् ।
त्यस्तै सुरक्षा दलबल सहित पुगेका मुख्यमन्त्री आचार्यले घोराहीमा रहेका विभिन्न सरकारी कार्यालयहरूको पनि अनुगमन गरेका छन् । जेनजी आन्दोलनकारीहरुले भदौ २४ गते गरेको आगजनीका कारण दाङमा दुई दर्जन बढी सरकारी कार्यालयहरु जलेर खरानी भएका छन् भने दर्जनौँमा तोडफोड गरिएको छ ।
मुख्यमन्त्रीको सुरक्षाका लागि नेपाली सेना, नेपाल प्रहरी,सशस्त्र प्रहरी परिचालन गरिएको थियो । अनुगमनका क्रममा दाङका प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्याल,नेकपा एमालेका उपाध्यक्ष मनोहर बुढाथोकी लगायतको सहभागिता रहेको थियो ।
