
Tgp
Rks
Bsn
Csb
Nsb
Ssb
Ksb
Rsb
Ksb
Ksb
Ssb
Usb
Gsb
Ppu

Hl1
Usb
Tsb
Gsb
Ssb

ptl
Rgu
Nps
दाङ । जेनजी आन्दोलनबाट खण्डहर भएको तुलसीपुरका सरकारी कार्यालयको लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेत नारायण आचार्यले अनुगमन गरेका छन् ।
मुख्यमन्त्री आचार्यले तुलसीपुर उपमहानगरपालिका, उच्च अदालत तुलसीपुर,उच्च सरकारी वकिलको कार्यालय,पार्टी कार्यालय,कोमल रिसोर्ट,मालपोत कार्यालय,लोकसेवा आयोग,आन्तरिक राजश्व कार्यालय,भू–तथा जलाधार कार्यालयको अनुगमन गरेका हुन् ।
त्यस्तै सुरक्षा दलबल सहित पुगेका मुख्यमन्त्री आचार्यले घोराहीमा रहेका विभिन्न सरकारी कार्यालयहरूको पनि अनुगमन गरेका छन् । जेनजी आन्दोलनकारीहरुले भदौ २४ गते गरेको आगजनीका कारण दाङमा दुई दर्जन बढी सरकारी कार्यालयहरु जलेर खरानी भएका छन् भने दर्जनौँमा तोडफोड गरिएको छ ।
मुख्यमन्त्रीको सुरक्षाका लागि नेपाली सेना, नेपाल प्रहरी,सशस्त्र प्रहरी परिचालन गरिएको थियो । अनुगमनका क्रममा दाङका प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्याल,नेकपा एमालेका उपाध्यक्ष मनोहर बुढाथोकी लगायतको सहभागिता रहेको थियो ।
