
Srbpu
Unsku
Rgp
Lnp
Gfs
sbs
Ggp
cjs
pku
Rgp1
Pes
Pbu
Djs
Sgr

Ggd
Rgu
Rgu
Bbbpu
Wsp
Rsb
Bbu
Sls
Rgs
Hal
Ssm
Asm
Vor
Tsm
Sbs
Pvg
nsb
Ksm
Gst

Jmb
Bml
bbt
Pls
Rpp
Jmb
Ptm
Mks
Gsb
Rmb
sab
Syp
Abd
प्यूठान । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्यूठान जिल्लामा आगजनीमा परेका कार्यालयहरूको अनुगमन गरेका छन् ।
अर्घाखाँची जिल्लाको अनुगमन सकेर मुख्यमन्त्री आचार्य शनिबार नै प्यूठान पुगेर त्यहाँको अवस्थाबारे जानकारी लिएका हुन् । नेकपा एमाले,नेपाली कांग्रेस र राष्ट्रिय जनमोर्चाका पार्टी कार्यालयहरूको अनुगमनका क्रममा मुख्यमन्त्री आचार्यले ‘जेन–जी’ आन्दोलनका नाममा आगजनी र तोडफोड गर्नेहरूलाई कानुनी दायरामा ल्याइने बताए । आन्दोलनका नाममा विध्वंसकारी शैली अपनाउने जो–कसैलाई पनि कारबाहीको दायरामा ल्याइने उनले स्पष्ट पारे ।
त्यस्तै आन्दोलनको उद्देश्य एकातिर भए पनि केही समूह आगजनी र तोडफोडमा उत्रिएको भन्दै त्यस्ता समूहलाई कारबाही गरिने मुख्यमन्त्री आचार्यले बताए । भदौ २३ र २४ गते ‘जेन–जी’ समूहको आन्दोलनका क्रममा प्रदर्शनकारी र प्रहरी लगायतको मृत्यु हुनुका साथै सार्वजनिक तथा व्यक्तिगत सम्पत्तिमा ठूलो क्षति पुगेको र यसले राष्ट्रलाई कमजोर बनाएको उनको भनाइ छ ।
