
Rks
Usb
Csb
Tgp
Bsn
Ssb
Ksb
Nsb
Ksb
Ppu
Gsb
Rsb
Ssb
Ksb

Gsb
Tsb
Hl1
Usb
Ssb

Rgu
ptl
Nps
प्यूठान । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्यूठान जिल्लामा आगजनीमा परेका कार्यालयहरूको अनुगमन गरेका छन् ।
अर्घाखाँची जिल्लाको अनुगमन सकेर मुख्यमन्त्री आचार्य शनिबार नै प्यूठान पुगेर त्यहाँको अवस्थाबारे जानकारी लिएका हुन् । नेकपा एमाले,नेपाली कांग्रेस र राष्ट्रिय जनमोर्चाका पार्टी कार्यालयहरूको अनुगमनका क्रममा मुख्यमन्त्री आचार्यले ‘जेन–जी’ आन्दोलनका नाममा आगजनी र तोडफोड गर्नेहरूलाई कानुनी दायरामा ल्याइने बताए । आन्दोलनका नाममा विध्वंसकारी शैली अपनाउने जो–कसैलाई पनि कारबाहीको दायरामा ल्याइने उनले स्पष्ट पारे ।
त्यस्तै आन्दोलनको उद्देश्य एकातिर भए पनि केही समूह आगजनी र तोडफोडमा उत्रिएको भन्दै त्यस्ता समूहलाई कारबाही गरिने मुख्यमन्त्री आचार्यले बताए । भदौ २३ र २४ गते ‘जेन–जी’ समूहको आन्दोलनका क्रममा प्रदर्शनकारी र प्रहरी लगायतको मृत्यु हुनुका साथै सार्वजनिक तथा व्यक्तिगत सम्पत्तिमा ठूलो क्षति पुगेको र यसले राष्ट्रलाई कमजोर बनाएको उनको भनाइ छ ।
