Sidha Patra बुधबार, भाद्र २५, २०८२

काठमाडौँ । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले
अन्तरिम सरकार प्रमुख बन्न जेनजी समूहले गरेको प्रस्ताव स्वीकार गरेकी छन् ।

यसअघि जेनजीको भर्च्युअल बैठकमा बहुमत सदस्यहरूले सुशीला कार्कीको नाम पहिलो रोजाइमा राखेपछि उनीसँग सम्पर्क गरिएको हो । जेनजी समूहको भर्चुअल बैठकमा जेनजी समूहका सदस्य र्‍यान्डम नेपाली अर्थात राष्ट्रविमोचन तिमल्सिनाले उक्त जानकारी दिएका हुन् ।

जेनजीहरुमाझ अन्तरिम सरकार प्रमुखमा पूर्व प्रधान न्यायाधीश सुशीला कार्की उपयुक्त पात्र हुने भन्दै चर्चा चलेको हो । जेनजीहरुको खुला बैठकमा सहभागी ७ हजारभन्दा बढी मतदाताहरूमध्ये ४० प्रतिशतभन्दा बढीले कार्कीको नाममा सहमति गरेका हुन्।

कार्कीसँग कुरा गर्न सागर ढकाललाई तोकिएको र कार्कीले पनि जेनजीले चाहे आफू नेतृत्वका लागि तयार रहेको बताएको पनि बैठकमा जानकारी साझा भएको थियो । दिनभरि करिब ५ घन्टाभन्दा लामाे बैठकपछि जेनजीहरू सुशीला कार्कीको साझा नाम लिएर राष्ट्रपति रामचन्द्र पौडेलसँग वार्तामा जानेबारे कुरा भएको हो।

त्यस्तै उनीहरुले प्रारम्भिक १० नामहरूमध्ये सुशीला कार्कीको नाममा मतदानद्वारा छानेका हुन्। यस अघि सेनाले पनि उनलाई सम्पर्क गरेर अन्तरिम सरकार प्रमुख बन्नेबारे छलफल गरेको सैनिक स्रोतले बताएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]