
Gisld
Rbs
mbd
Sds
Mbdvs
Pbu

Sbs
Tsm
Ssm
Rgu
Hal
Pvg
Vor
Bbu
Sls
Ksm
Rsb
Rgs
Bbbpu
Asm
Ggd
Wsp
nsb
Gst
Rgu

Jmb
Mks
Pls
Rpp
Rmb
Ptm
sab
bbt
Syp
Abd
Bml
Jmb
Gsb
दाङ । क्रियटिङ पोसिबिलिटिज नेपाल (सीपी नेपाल)ले आयोजना गरेको महिला खेलकुद तथा साइकल वितरण कार्यक्रमको सोमबार सम्पन्न गरिएको छ । सीपी नेपालका कार्यसमिति सदस्य जुनु चौधरीको सभाध्यक्ष र राजपुर गाउँपालिकाका अध्यक्ष लोकराज केसीको प्रमुख आतिथ्यमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
त्यस्तै कार्यक्रममा बोल्दै प्रमुख अतिथि केसीले यस्ता कार्यक्रमहरुले महिलाहरुको हौसला र आत्मविश्वास बढाउन महत्वपूर्ण भूमिका खेल्ने बताउनु भयो । हामी महिलाहरुले केही गर्न सक्दैनन् भनेर घरको काममा मात्र सीमित बनाउछाैं । तर यस्ता कार्यक्रमहरुले महिलाहरुको आत्मविश्वासका साथै उनीहरुको हौसलामा प्रेरणा मिल्नेछ । कति भान्सा अनि खेतबारी,खेलौ फुटबल मिली सबै नारी” भन्ने नारा सहित शुरु गरिएको खेलकुद कार्यक्रममा सीपी नेपाल द्धारा गठित ४६ वटा आमा समूहबाट १ सय ४ जना महिलाहरुले सहभागिता जनाएका थिए ।
त्यस्तै जनता माध्यमिक विद्यालयको खेल मैदानमा तीन दिनसम्म संचालन भएको उक्त खेलमा महिला फुटबल र ५ सय मीटर दौडको आयोजना गरिएको थियो । परिवर्तन आमा समूह गढवा–५ लोखरपुर निवासी ४६ वर्षीय ढगनी चौधरीले घरकाले बुढो भएकाले नखेल्न भनेता पनि आफूलाई निकै रहर लागेकाले मैदानमा खेलेको बताइन् ।
त्यस्तै गढवा–३ माधबपुरकि टीका घर्ति मैदानमा निकै फुर्तिका साथ फुटबल खेलिरहेकी थिइन् । जंगलकुटि आमा समूहबाट आएकि उनलाई मैदानमा राम्रो खेल खेलेको देख्दा दर्शकले पनि राम्रै साथ दिएका थिए । यस्तै मानिसहरुले हामी विवाहित महिलाहरुलाई जहिले पनि घरको काममा मात्र सीमित देख्न चाहन्छन् तर हामीले अवसर पाएमा केही गर्न सक्छौ । हामीसँग पनि आत्मविश्वास छ । हाम्रो आत्मविश्वास बढाउने काम यस खेल मार्फत भएको छ” टीकाले भनिन् ।
त्यस्तै विवाहीत महिलाहरुले आफ्नो जीवन परिवार र खेतीबारीमा समर्पित गर्दछन् । पुरुष प्रधान समाजमा बिहे गरिसकेका महिलाहरुलाई काम बाहेक अरु कुरा सोच्न, खेल्न र मनोरञ्जनका लागि सोधिदैन । यस फुटबल खेलले समाजको सोचमा केही भए पनि परिवर्तन गरेको छ । आफ्नो रहर दबाएर राख्ने गरेका महिलाहरुले आफूँलाई लागेको कुरा भन्न सक्ने भएका छन् ।” प्रतियोगिताका बारेमा प्रकाश पार्दै सीपी नेपालका निर्देशक दिनेशराज सापकोटाले बताउनु भयो ।
त्यसैगरी प्रतियोगितामा सहभागि सम्पूर्ण महिलाहरुलाई उनीहरुको हौसला र सम्मानका लागि पुरुस्कार समेत दिईएको थियो । अधिकांश पूर्व कम्लहरी महिलाहरू सहभागि सो महिला फुटबल प्रतियोगिताका लागि स्टिचिङ माहामाता नेदरल्याण्ड लगायत सिद्धार्थ बैकं साथै अन्य स्थानीय ब्यापारीहरुले पनि सहयोग गरेको सिपी नेपालका निर्देशक सापकोटाले जानकारी दिनु भयो ।
कार्यक्रममा उद्योग बाणिज्य संघ गढवाका उपाध्यक्ष ओमप्रकाश बस्याल, रेडियो साझा आवाजका स्टेशन म्यानेजर दुखहरण यादब,नागरिक समाज दाङका उपसंयोजक निमबहादुर थापा,गैरसरकारी संस्था महासंघ दाङका उपाध्यक्ष उमाकान्त पन्त,राप्ति गाउँपालिकाका उपादक्ष्य जगदम्बा चौधरी,गढवा गाउँपालिकाका उपाध्यक्ष शान्ति चौधरी,शिक्षक रामसुरज यादब लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । सीपी नेपालकी विद्यार्थी संयोजक दीपा चौधरीको स्वागत मन्तव्यवाट शुरु भएको कार्यक्रमको संचालन सरिता चौधरीले गर्नुभएको थियो ।
यसै बीच क्रियटिङ पोसिबिलिटिज नेपाल (सीपी नेपाल)ले गरीब,जेहेन्दार,अतिबिपन्न परिवारका सन्तान र आमा समूहका उद्यमी महिलाहरुलाई करिब ४ लाख बराबरको साइकल वितरण गरी सहयोग गरेको छ । ५ जना स्कुले बालबालिका र ३५ जना आमा समूहका महिलाहरुलाई उक्त साइकल वितरण गरिएको हो ।वगरीब तथा अतिबिपन्न परिवारका सन्तानलाई शिक्षामा प्रोत्साहनका लागि र उद्यमशील महिलाहरुलाई व्यवसायिक प्रोत्साहन स्वरुप उक्त साइकल सहयोग गरिएको र उद्यमी महिलाहरुलाई यस साइकलले जीवन सहज हुने सिपी नेपालका निर्देशक दिनेशराज सापकोटाले जानकारी दिनु भयो ।
