
Sds
Rbs
Mbdvs
Pbu
mbd
Gisld

Tsm
Hal
Ggd
Asm
Sls
Rsb
Vor
Bbu
Ksm
Wsp
Gst
Ssm
Rgu
Sbs
Pvg
Rgu
Rgs
Bbbpu
nsb

Jmb
sab
Bml
Syp
Gsb
Abd
Rpp
bbt
Mks
Pls
Ptm
Jmb
Rmb
काठमाडौँ । माघ शुक्ल पञ्चमीका दिन मङगलबार विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा अर्चना गरेर श्रीपञ्चमी मनाइँदै छ । माघ र फागुन महिनालाई शिशिर ऋतु मानिएकाले यो ऋतुमा पर्ने पञ्चमीलाई श्रीपञ्चमी भनिएको हो । कोरोना भाइरस (कोभिड–१९)को प्रभाव न्यून हुँदै जाँदा सजग भएर सरस्वती पूजा गरिने जनाइएको छ । देवी भागवत र भविष्य पुराणको उत्तर पर्वमा सरस्वती पूजाको विधि तोकिएको छ । हनुमानढोका दरबार हेरचाह अड्डाका पर्वपूजा संयोजक मिठाराम पुडासैनीका अनुसार राष्ट्रप्रमुखबाट बिहान १०ः१७ बजेको साइतमा हनुमानढोका दरबारको नासलचोकमा सरस्वतीको जलघडाको अभिषेक लिने प्रचलन छ । यसै सन्दर्भमा हनुमानढोका दरबार परिसर सिँगारिएको छ ।
विश्व सम्पदामा सूचीकृत यो क्षेत्रमा अबदेखि सुरक्षा निकायसमेतको सवारी आवागमनलाई निषेध गरिएको छ । वसन्तपुरको डबलीमा फूटपाथका पसल सञ्चालनसमेत रोकिएको छ । यहाँका हरेक भागमा फूलका गमलाले सिँगारिएको छ । राष्ट्रिय पहिचान संरक्षण संयुक्त सङ्घर्ष समितिका गणपतिलाल श्रेष्ठका अनुसार काठमाडौं महानगरपालिका,स्थानीय वडा कार्यालय, सामाजिक अभियन्तालगायतले यसमा सहकार्य गरेका छन् । उहाँका अनुसार हनुमानढोका दरबारमा रहेको शार्दुलजङ्ग गुल्म र प्रहरी कार्यालय आवागमन गर्ने सवारीका कारण यहाँ सवारी आवागमन रोकिन सकेको थिएन ।
लेलेको सरस्वती कुण्ड,थिमिको सरस्वतीखेल, सूर्यपुरा रुपन्देहीको सरस्वती मन्दिर,विशालनगरको नील सरस्वती, मैतीदेवीको सरस्वती, खलङ्गा प्युठान, पालुङको घट्टेचौरको सरस्वती मन्दिरमा यो दिन विशेष मेला लाग्छ । बेल विवाह, नवगृह प्रवेश, विवाह, व्रतबन्धलगायतका धार्मिक कार्य गर्न यो दिन साइत कुर्न पर्दैन । अक्षरारम्भ गर्ने,नाक-कान छेडाउने दिनका रूपमा पनि यो दिनलाई विशेष लिइन्छ । त्यसैगरी आज देशै भरिको विद्यालयमा शिक्षक विद्यार्थी र केही अभिभावकको उपस्थितिमा देवी सरस्वतीको पुजापात गरेर मनाइने विद्यालय श्रोतले जनाएको छ ।
