Sidha Patra मंगलबार, फाल्गुण ०४, २०७७

काठमाडौँ । माघ शुक्ल पञ्चमीका दिन मङगलबार विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा अर्चना गरेर श्रीपञ्चमी मनाइँदै छ । माघ र फागुन महिनालाई शिशिर ऋतु मानिएकाले यो ऋतुमा पर्ने पञ्चमीलाई श्रीपञ्चमी भनिएको हो । कोरोना भाइरस (कोभिड–१९)को प्रभाव न्यून हुँदै जाँदा सजग भएर सरस्वती पूजा गरिने जनाइएको छ । देवी भागवत र भविष्य पुराणको उत्तर पर्वमा सरस्वती पूजाको विधि तोकिएको छ । हनुमानढोका दरबार हेरचाह अड्डाका पर्वपूजा संयोजक मिठाराम पुडासैनीका अनुसार राष्ट्रप्रमुखबाट बिहान १०ः१७ बजेको साइतमा हनुमानढोका दरबारको नासलचोकमा सरस्वतीको जलघडाको अभिषेक लिने प्रचलन छ । यसै सन्दर्भमा हनुमानढोका दरबार परिसर सिँगारिएको छ ।

विश्व सम्पदामा सूचीकृत यो क्षेत्रमा अबदेखि सुरक्षा निकायसमेतको सवारी आवागमनलाई निषेध गरिएको छ । वसन्तपुरको डबलीमा फूटपाथका पसल सञ्चालनसमेत रोकिएको छ । यहाँका हरेक भागमा फूलका गमलाले सिँगारिएको छ । राष्ट्रिय पहिचान संरक्षण संयुक्त सङ्घर्ष समितिका गणपतिलाल श्रेष्ठका अनुसार काठमाडौं महानगरपालिका,स्थानीय वडा कार्यालय, सामाजिक अभियन्तालगायतले यसमा सहकार्य गरेका छन् । उहाँका अनुसार हनुमानढोका दरबारमा रहेको शार्दुलजङ्ग गुल्म र प्रहरी कार्यालय आवागमन गर्ने सवारीका कारण यहाँ सवारी आवागमन रोकिन सकेको थिएन ।

लेलेको सरस्वती कुण्ड,थिमिको सरस्वतीखेल, सूर्यपुरा रुपन्देहीको सरस्वती मन्दिर,विशालनगरको नील सरस्वती, मैतीदेवीको सरस्वती, खलङ्गा प्युठान, पालुङको घट्टेचौरको सरस्वती मन्दिरमा यो दिन विशेष मेला लाग्छ । बेल विवाह, नवगृह प्रवेश, विवाह, व्रतबन्धलगायतका धार्मिक कार्य गर्न यो दिन साइत कुर्न पर्दैन । अक्षरारम्भ गर्ने,नाक-कान छेडाउने दिनका रूपमा पनि यो दिनलाई विशेष लिइन्छ । त्यसैगरी आज देशै भरिको विद्यालयमा शिक्षक विद्यार्थी र केही अभिभावकको उपस्थितिमा देवी सरस्वतीको पुजापात गरेर मनाइने विद्यालय श्रोतले जनाएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]