
Gsbus
Amb
gms
Nssbus7
Csbus
Ssbus
dsbus
Ratbs
Jsbus
Pbu
Gsl
Bksbus5
Rbs
Ddhbs

Ksm
Sls
Tsm
Gst
Ggd
Rgu
Sbs
Vor
nsb
Rgs
Rgu
Bbbpu
Rsb
Asm
Wsp
Bbu
Hal
Pvg
Ssm

Bml
Rpp
Jmb
Mks
Abd
Syp
sab
Pls
Rmb
Gsb
bbt
Jmb
Ptm
दाङ । नेपाल सरकार शिक्षा समितिबाट नयाँ शिक्षा विधेयक प्रस्तावित भएका केही बुँदामा निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) ले विरोधका कार्यक्रमहरू गर्दै आएको छ ।
जसमा सोमबार लमही नगर प्याब्सन कार्यसमितिको आयोजनामा नगर प्याब्सन अन्तर्गतका विद्यालयले गाडीमा कालो झण्डा र ब्यानर राखी पालिका परिक्रमा गरी विरोध जनाएका छन् ।
लमही नगर प्याब्सन कार्य समितिका अध्यक्ष नारायण भुसालको सभा अध्यक्ष तथा प्याब्सन नेपालका केन्द्रीय सदस्य रेशम बहादुर बुढाको प्रमुख अतिथिमा विरोध कोणसभा भएको हो ।
कोणसभालाई सम्बोधन गर्दै केन्द्रीय सदस्य बुढाले संसदमा पेश भएको शिक्षा विधेयकमा केही विधेयक असन्तुष्ट रहेकोले श्रावण २९ गतेदेखि लगातार रूपमा शान्तिपूर्ण रूपमा विरोध जनाउँदै आएको बताएका छन् । सरकारले कम्पनीमा दर्ता गर्यो भने निजी विद्यालय चलाउन पाउने भनेपछि कम्पनीमा दर्ता गरियो तर अहिले कम्पनीमा दर्ता रहेका विद्यालयलाई गैर नाफामूलक रुपमा लिने सरकारको यो शब्दमा घोर आपत्ति छ । विद्यालय सुधार र राम्रो बनाउन बैंकबाट लोन लिएको घर जग्गा बेचेर लगानी गरेको तर सरकारले लगानी गर तर नाफा नलिने भनेको छ त्यसमा हामी असन्तुष्ट छौं बुढाले भने ।’
पूर्णरूपमा छात्रवृत्तिको पनि विधेयकमा पेश गरेको छ । हामीले वार्षिक शुल्क, भर्ना शुल्क, शैक्षिक शुल्कमा १०% दिएका छौं। तर सरकारले पूर्णरुपमा दिनपर्छ खाना सुत्न पोशाक पनि दिनपर्छ भनेको छ। तर हामीले दिन सकिँदैन । यदि १५% दिनपर्छ भने हामी विद्यालय सञ्चालन गर्न सक्दैनौँ । सरकारले लगानी फिर्ता गरोस् हामी चाबी हस्तान्तरण गर्न तयार छौं राज्यले चलाओस् , भन्दै असहमति जनाउँदै आएका छौं । १०% छात्रावृत्ति दिन्छौं त्यसमा विधेयक बनाएर दिएमा असन्तुष्ट छैन । तर पूर्ण भन्ने शब्द हटाउनुपर्छ भन्ने हाम्रो माग हो ।
हाम्रो शान्तिपूर्ण आन्दोलन १८ गतेसम्म रहनेछ । हाम्रो माग सरकारले सम्बोधन नगरे अझ अनौठो सशक्त रुपमा आन्दोलन गर्ने यो आन्दोलनले सरकार उद्योग व्यवसायी अभिभावक लगायत सम्पूर्णमा ठूलो असर पर्ने छ। त्यसैले हाम्रो माग सरकारले पूरा गरोस् भनेर केन्द्रदेखि पालिकासम्म यस विरोध कोण सभाबाट सचेत गराएको भन्दै नेपाल प्याब्सन समितिका केन्द्रीय सदस्य रेशम बुढाले आफ्नो भनाइ व्यक्त गरेका थिए ।
त्यस्तै कार्यक्रमको समापन गर्दै सभाअध्यक्ष भुसालले यो शिक्षा विधेयकमा १९ दिनदेखि विविध रुपमा आन्दोलन गर्दै आएको भएपनि सरकारले नसुनेको हुँदा अझै आन्दोलन गर्ने बताएका छन् । उनले निजी आवासीय विद्यालयको हितको रुपमा सरकारले विधेयक ल्याओस् । सहज रूपमा नीति बन्छ भने हामी सहमति छौं । निजी क्षेत्र बन्द गर्ने गरी विधेयक ल्याउनु सरकारको लाचारी पन हो । गलत नेत हो भन्ने भनाइ राखेका थिए ।
उक्त कार्यक्रममा लुम्बिनी प्रदेश प्याब्सन कार्य समितिका सदस्य राजु यादव,जिल्ला दाङ प्याब्सन कार्य समितिकी पार्वता भुसाल,निजी विद्यालय सञ्चालन समिति, प्रधानाध्यापक,शिक्षक शिक्षिका, गाडीचालक लगायतको उपस्थिति रहेको थियो भने कार्यक्रम सञ्चालन लमही नगर प्याब्सन कार्य समितिका सचिव लोकमान रिजालले गरेका थिए।
