
gms
Rbs
Jsbus
Csbus
Pbu
Gsbus
Nssbus7
Gsl
Ratbs
Ddhbs
Amb
Ssbus
dsbus
Bksbus5

Rsb
Wsp
Rgu
Rgu
Hal
Ksm
Rgs
Sls
Tsm
Sbs
nsb
Pvg
Asm
Bbu
Gst
Ggd
Vor
Bbbpu
Ssm

Jmb
Mks
Bml
Rmb
Pls
Rpp
Ptm
Abd
bbt
Syp
Gsb
Jmb
sab
दाङ । नेपाल शिक्षक महासंघ जिल्ला समिति दाङले राष्ट्रिय समितिकाे आह्वानमा जिल्ला स्थित शिक्षा विकास तथा समन्वय ईकाइ घाेराहीमा २ घण्टा धर्ना तथा ईकाइ प्रमुखलाई ध्यानाकर्षण पत्र बुझाउने कार्यक्रम सम्पन्न गरेकाे छ ।
प्रतिनिधि सभा अन्तर्गतकाे शिक्षा स्वास्थ तथा सूचना प्रविधि समितिले विद्यालय शिक्षा विधेयककाे प्रतिबेदन पास गरेर भाद्र ५ गते प्रतिनिधिसभामा पेस गरेपछि विगतमा सरकार र नेपाल शिक्षक महासंघ बिच पटकपटक भएका सम्झाैहरु विद्यालय शिक्षा विधेयकमा नसमेटिएकाे भन्दै दवाब दिन ७७ वटै जिल्लामा अबस्थित शिक्षा विकास तथा समन्वय ईकाइमा धर्ना तथा ध्यानाकर्षण पत्र बुझाएकाे छ । जिल्लामा क्रियाशील विभिन्न ७ वटै महासंघ आबद्ध संस्थाका केन्द्र,प्रदेश र स्थानीय तहका शिक्षकहरु प्रतिनिधीमुलक रुपाम उपस्थित रहेकाे थियोे ।
नेपाल शिक्षक महासंघ दाङ जिल्ला सह-अध्यक्ष लिलाधर बिककाे अध्यक्षता तथा नेपाल शिक्षक महासंघ राष्ट्रिय समिति उप-महासचिव शुसिला सुबेदीकाे प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमकाे सहजीकरण नेपाल शिक्षक महासंघका सह-सचिव गिरिराज शर्माले गरेका थिए ।

