
Ksb
Ksb
Usb
Ssb
Gsb
Rsb
Csb
Ppu
Ksb
Tgp
Rks
Bsn
Ssb
Nsb

Tsb
Usb
Ssb
Gsb
Hl1

ptl
Nps
Rgu
दाङ । नेपाल शिक्षक महासंघ जिल्ला समिति दाङले राष्ट्रिय समितिकाे आह्वानमा जिल्ला स्थित शिक्षा विकास तथा समन्वय ईकाइ घाेराहीमा २ घण्टा धर्ना तथा ईकाइ प्रमुखलाई ध्यानाकर्षण पत्र बुझाउने कार्यक्रम सम्पन्न गरेकाे छ ।
प्रतिनिधि सभा अन्तर्गतकाे शिक्षा स्वास्थ तथा सूचना प्रविधि समितिले विद्यालय शिक्षा विधेयककाे प्रतिबेदन पास गरेर भाद्र ५ गते प्रतिनिधिसभामा पेस गरेपछि विगतमा सरकार र नेपाल शिक्षक महासंघ बिच पटकपटक भएका सम्झाैहरु विद्यालय शिक्षा विधेयकमा नसमेटिएकाे भन्दै दवाब दिन ७७ वटै जिल्लामा अबस्थित शिक्षा विकास तथा समन्वय ईकाइमा धर्ना तथा ध्यानाकर्षण पत्र बुझाएकाे छ । जिल्लामा क्रियाशील विभिन्न ७ वटै महासंघ आबद्ध संस्थाका केन्द्र,प्रदेश र स्थानीय तहका शिक्षकहरु प्रतिनिधीमुलक रुपाम उपस्थित रहेकाे थियोे ।
नेपाल शिक्षक महासंघ दाङ जिल्ला सह-अध्यक्ष लिलाधर बिककाे अध्यक्षता तथा नेपाल शिक्षक महासंघ राष्ट्रिय समिति उप-महासचिव शुसिला सुबेदीकाे प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमकाे सहजीकरण नेपाल शिक्षक महासंघका सह-सचिव गिरिराज शर्माले गरेका थिए ।

