
Bsbus
Ses
bpmhl
Nssbush
Gis
Gis
Gss
Gsl
Ksbus
Ksbus
Pbu
Gis
Rsbus
Lsbus
Ssbus
Gms
Ssbus
Gsbus
Ksbus
Gsbus

Tsm
Bbu
Bbbpu
Rsb
Vor
Sbs
Asm
Hal
Sls
nsb
Ggd
Rgs
Wsp
Ksm
Pvg
Ssm
Gst
Rgu
Rgu

Pls
Bml
Syp
bbt
Mks
Abd
Ptm
Jmb
Rmb
Rpp
sab
Jmb
Gsb
दाङ । नेपाल लोकतान्त्रिक खेलकुद संघ,क्षेत्र नं. १ दाङको प्रथम अधिवेशन उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको छ ।
अधिवेशनले झलक सिंह रसाइलीलाई सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरेको हो । त्यसैगरी क्षेत्रीय उपाध्यक्षमा दीपक सुवेदी र गोविन्द प्रसाद गुप्ता, सचिवमा चन्द्रभान यादव,कोषाध्यक्षमा प्रवेश बेल्बासे र सह-सचिवमा अनिलनाथ योगी निर्वाचित भएका छन् । सदस्यमा रितेस सिंह खड्का,विवेक घर्ती मगर,कुविर गिरी,पूर्ण वहादुर महरा र रमित बुढा मगर चयन भएको निर्वाचन संयोजक भिमसेन लहरेले जानकारी दिए ।
अधिवेशनमा नेपाली कांग्रेस दाङ क्षेत्र नं. ३ की महाधिवेशन प्रतिनिधि केवलावती चौधरी, महाधिवेशन प्रतिनिधि ऋषिराज लहरे ‘अरुण ‘नेपाल तरुण दल क्षेत्र नं.१ का अध्यक्ष किरण विक्रम शाह र नेपाली कांग्रेस दाङ क्षेत्र नम्बर १ का क्षेत्रीय सदस्य प्रिया स्मृती गजमेरको विशेष उपस्थिति थियो ।
कार्यक्रममा नेपाली कांग्रेस दाङ क्षेत्र नं. ३ की महाधिवेशन प्रतिनिधि केवलावती चौधरीले खेलकुदको विकास र युवा प्रतिभा उजागर गर्न खेलकुद संघले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेका छन् ।
उनले भने, “खेलकुद केवल मनोरञ्जनको माध्यम मात्र होइन,यो राष्ट्रको पहिचान,अनुशासन र एकताको स्रोत हो। युवा प्रतिभा पहिचान र प्रवर्द्धनमार्फत पार्टी र राष्ट्र दुवैलाई सेवा गर्न सकिन्छ ।” चौधरीका अनुसार खेलकुदले युवालाई अनुशासित,स्वास्थ्यवान र सक्षम बनाउने भएकाले यसतर्फ पार्टीका विभिन्न निकाय र समाज दुवै जागरुक हुनु आवश्यक छ । उनले खेलकुदका पूर्वाधार,प्रतियोगिता र प्रशिक्षण कार्यक्रमलाई प्राथमिकतामा राख्दै युवा प्रतिभा उजागर गर्नुपर्नेमा जोड दिए ।
नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि ऋषिराज लहरे ‘अरुण’ ले खेलकुदमार्फत राष्ट्रिय एकता, स्वास्थ्य र सामाजिक सद्भाव प्रवर्द्धन गर्नुपर्नेमा जोड दिएका छन् । उनले नेपाल लोकतान्त्रिक खेलकुद संघलाई यस दिशामा अगाडि बढ्नुपर्ने आवश्यकता औंल्याउँदै खेलकुदले युवा पुस्तामा सकारात्मक ऊर्जा भरिदिने र राष्ट्रिय पहिचानलाई मजबुत बनाउन सहयोग गर्ने विश्वास व्यक्त गरे ।
नेपाल तरुण दल दाङ क्षेत्र नम्बर १ का क्षेत्रीय अध्यक्ष किरण विक्रम शाहले खेलकुदले युवा प्रतिभा उजागर गर्ने र राष्ट्रिय एकता प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्ने बताए । उनका अनुसार खेलकुद केवल मनोरञ्जनको माध्यम नभई राष्ट्र निर्माणको प्रभावकारी साधन हो । शाहले भने, “युवा पीढीलाई खेलकुदमार्फत अनुशासित, सशक्त र सक्षम बनाउँदै राष्ट्रलाई बलियो बनाउन सकिन्छ । खेलले स्वास्थ्य, आत्मविश्वास र नेतृत्व क्षमतामा वृद्धि गराउँछ, जसले सामाजिक सद्भाव र एकताको भावना बलियो बनाउँछ ।”
नेपाली कांग्रेस दाङ क्षेत्र नम्बर १ का क्षेत्रीय सदस्य प्रिया स्मृती गजमेरले खेलकुदको विकासका लागि आवश्यक पूर्वाधार निर्माण, प्रतियोगिताको आयोजना र स्थानीय स्तरमै प्रतिभावान खेलाडीको पहिचान गरी उनीहरुलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म पुर्याउने खालको रणनीति आवश्यक रहेकोमा जोड दिए ।
