
Ratbs
gms
Pbu
Amb
Rbs
Nssbus7
Gsl
Csbus
Gsbus
Ddhbs
dsbus
Ssbus
Jsbus
Bksbus5

Hal
Wsp
Rsb
Ggd
Bbu
Rgu
Asm
Rgs
Ssm
nsb
Bbbpu
Rgu
Sbs
Tsm
Gst
Sls
Ksm
Pvg
Vor

Pls
Jmb
Ptm
Syp
bbt
Rmb
Gsb
Bml
sab
Abd
Mks
Rpp
Jmb
दाङ । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेताहरुले जनमतको अवमूल्यन गरेको टिप्पणी गर्नु भएको छ । संसद विघटन विरुद्ध नेपाली कांग्रेस दाङले सोमबार घोराहीमा आयोजना गरेको विरोध प्रदर्शनको सभालाई सम्बोधन गर्दै महामन्त्री कोइरालाले संसद विघटन जनमत विपरित भएको टिप्पणी गर्नु भएको हो ।त्यस्तै आर्थिक,सामाजिक, भौतिक विकाससँगै सुशासन कायममा ध्यान दिने भन्दा पनि सरकार अपराध,महंगी, भ्रष्टाचार र अनियमितताको संरक्षणमा लागेको उहाँको आरोप छ । नेकपाका नेताहरुले पद लोलुपताको स्वार्थमा आफुहरुलाई केन्द्रित गराउदा संसद विघटन सम्मको असंबैधानीक काम भएको भन्दै उहाँले यसको बिरुद्धमा थप शसक्त आवाज उठाउन समेत आह्वान गर्नु भयो ।
त्यसैगरी महामन्त्री कोइरालाले अब पार्टीलाई एक ढिक्का बनाउने र जनताको माझमा कसरी टिक्ने भन्ने मुद्धालाई पनि प्राथमिकताका साथ उठाउनु पर्ने धारणा राख्नु भयो । नेपाली कांग्रेस दाङका सभापति किर्तीबहादुर खड्काको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै केन्द्रीय सदस्य दिपक गिरीले आगामी बैशाखमा मध्यावधी निर्वाचन हुन्छ भन्नु जनतालाई झुक्याउने खेल मात्रै भएको बताउनु भएको छ ।
यस्तै जनमत अनुसार सरकारले काम गर्न नसकेको आरोप लगाउदै उहाँले आफुहरु सदैव संविधानको रक्षक बनेर जनता माझमा रहेको समेत जिकिर गर्नु भयो । त्यसैगरी कार्यक्रममा बोल्ने कांग्रेसका अन्य नेताहरुले सरकारले चालेको कदम असंवैधानीक भएको र कुनै पनि हालतमा जनप्रतिनिधीको संस्था संसद पुर्नस्थापित हुनु पर्ने माग गर्नु भएको थियो ।
त्यस्तै तुलसीपुर चोकमा आयोजित सभामा पूर्व जिल्लाका विभिन्न स्थानबाट आएका कार्यकर्ताहरुले पार्टी कार्यालयबाट र्याली निकाली घोराही बजारमा विरोध प्रर्दशन भएको थियो ।
