
Nsb
Ssb
Rks
Gsb
Ssb
Ppu
Ksb
Ksb
Tgp
Usb
Bsn
Rsb
Csb
Ksb

Usb
Hl1
Gsb
Tsb
Ssb

Nps
Rgu
ptl
दाङ । निजि तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) लमही नगर समितिले तीज विशेष साँस्कृतिक नृत्य प्रतियोगिता कार्यक्रम बिहिबार लमहीमा सम्पन्न गरेको छ ।
प्रतियोगितामा आधारभूत (कक्षा १ देखि ५) र माध्यमिक (कक्षा ६ देखि १०) दुवै तहमा गोरखा मोडेल सेकेण्डरी स्कुल लमहीले प्रथम स्थान हासिल गरेको छ ।
त्यस्तै आधारभूत विद्यालयतर्फ ज्योतिष्मती विद्यापीठले द्वितीय र रोजी बड्स बालबाटिका विद्यालयले तृतीय स्थान प्राप्त गरे । त्यसैगरी माध्यमिक विद्यालयतर्फ पनि ज्योतिष्मती विद्यापीठले द्वितीय र ज्ञानज्योति मोडेल लमहीले तृतीय स्थान हात पारेको हो ।
प्रतियोगितामा राप्ती ग्यालेक्सी, ज्ञानज्योति मोडेल लमही, गोरखा मोडेल सेकेण्डरी स्कुल, रोजी बड्स बालबाटिका विद्यालय, स्टिम एजुकेशन, ज्योतिष्मती विद्यापीठ र जइन्द्र बोर्डिंग स्कुलसहित आधारभूत तहमा वेबी क्यासल स्कुल,लर्डबुद्द एकेडेमी र यूरो किड्स मन्टेश्वरी विद्यालयका समूहले समेत सहभागिता जनाएका थिए । विजयी विद्यालयलाई नगदसहित पुरस्कार प्रदान गरिएको थियो ।
त्यस्तै प्रतियोगिता प्याब्सन लमही नगर समितिका अध्यक्ष नारायण भुसालको अध्यक्षता तथा लमही नगरपालिकाकी कार्यबाहक नगर प्रमुख लक्ष्मी योगीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । निर्णायकमा प्रवीन रेग्मी, शेषमणि अधिकारी र अनिता महतारा रहेका थिए । कार्यक्रममा स्वागत मन्तव्य कोषाध्यक्ष कान्ता प्रसाद चौधरीले राखेका थिए भने सहजीकरण प्याब्सन लमही नगर समितिका कार्यसमिति सदस्य वसन्त न्यौपानेले गरेका थिए ।
