
Bksbus5
Ddhbs
gms
Pbu
Csbus
Ratbs
Nssbus7
Ssbus
dsbus
Gsbus
Amb
Gsl
Rbs
Jsbus

Sbs
nsb
Tsm
Bbu
Sls
Rgu
Pvg
Asm
Ksm
Hal
Wsp
Rgs
Vor
Rsb
Ggd
Rgu
Gst
Ssm
Bbbpu

bbt
Ptm
Jmb
Gsb
Abd
Jmb
Syp
Bml
Pls
sab
Rmb
Rpp
Mks
दाङ । निजि तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) लमही नगर समितिले तीज विशेष साँस्कृतिक नृत्य प्रतियोगिता कार्यक्रम बिहिबार लमहीमा सम्पन्न गरेको छ ।
प्रतियोगितामा आधारभूत (कक्षा १ देखि ५) र माध्यमिक (कक्षा ६ देखि १०) दुवै तहमा गोरखा मोडेल सेकेण्डरी स्कुल लमहीले प्रथम स्थान हासिल गरेको छ ।
त्यस्तै आधारभूत विद्यालयतर्फ ज्योतिष्मती विद्यापीठले द्वितीय र रोजी बड्स बालबाटिका विद्यालयले तृतीय स्थान प्राप्त गरे । त्यसैगरी माध्यमिक विद्यालयतर्फ पनि ज्योतिष्मती विद्यापीठले द्वितीय र ज्ञानज्योति मोडेल लमहीले तृतीय स्थान हात पारेको हो ।
प्रतियोगितामा राप्ती ग्यालेक्सी, ज्ञानज्योति मोडेल लमही, गोरखा मोडेल सेकेण्डरी स्कुल, रोजी बड्स बालबाटिका विद्यालय, स्टिम एजुकेशन, ज्योतिष्मती विद्यापीठ र जइन्द्र बोर्डिंग स्कुलसहित आधारभूत तहमा वेबी क्यासल स्कुल,लर्डबुद्द एकेडेमी र यूरो किड्स मन्टेश्वरी विद्यालयका समूहले समेत सहभागिता जनाएका थिए । विजयी विद्यालयलाई नगदसहित पुरस्कार प्रदान गरिएको थियो ।
त्यस्तै प्रतियोगिता प्याब्सन लमही नगर समितिका अध्यक्ष नारायण भुसालको अध्यक्षता तथा लमही नगरपालिकाकी कार्यबाहक नगर प्रमुख लक्ष्मी योगीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । निर्णायकमा प्रवीन रेग्मी, शेषमणि अधिकारी र अनिता महतारा रहेका थिए । कार्यक्रममा स्वागत मन्तव्य कोषाध्यक्ष कान्ता प्रसाद चौधरीले राखेका थिए भने सहजीकरण प्याब्सन लमही नगर समितिका कार्यसमिति सदस्य वसन्त न्यौपानेले गरेका थिए ।
