
Gsb
Csb
Rsb
Ksb
Nsb
Ssb
Ksb
Tgp
Ppu
Usb
Bsn
Ksb
Rks
Ssb

Gsb
Ssb
Tsb
Hl1
Usb

Nps
ptl
Rgu
काठमाडौं । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) र राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसियसन नेपाल (एनप्याब्सन) ले विभिन्न आन्दोलनका कार्यक्रमहरू घोषणा गरेका छन् ।
भोलि (बिहीबार) बाट सुरु हुने आन्दोलन निरन्तर रहने यी दुई संगठनले बुधबार पत्रकार सम्मेलन आयोजना गरेर जानकारी गराएको छ । विद्यालय शिक्षा विधेयकका केही प्रावधानमा असन्तुष्टि जनाउँदै आएका उनीहरुले ५ बुँदे माग राखेर आन्दोलन घोषणा गरेका हुन् । आन्दोलनका कार्यक्रम अनुसार, भोलि भोलि बिहान ११ बजेबाट माइतीघर मण्डलामा पुगेर प्रधानाध्यापकहरूले ब्यानरसहित प्रदर्शन गर्ने कार्यक्रम तय भएको छ ।
त्यस्तै,पर्सि देशभरका विभिन्न विद्यालयका स्कुल बसमा कालो झण्डासहितको प्रदर्शन, सोही दिन दिउँसो १ बजे माइतीघर मण्डलामा भेला भएर शिक्षा, स्वास्थ्य तथा प्रविधि समिति र संघीय संसद घेराउ गर्ने कार्यक्रम पनि तय भएको विज्ञप्तिमार्फत जनाइएको छ । भदौ ६ गते देशैभरका स्कुल बसहरू विद्यालय नजिकैको चोकमा उतारेर नगर परिक्रमा गर्ने लगायतका आन्दोलन घोषणा गरेको हो ।
