
Jsbus
Gsl
Amb
Gsbus
Ratbs
Bksbus5
Pbu
dsbus
Csbus
Ddhbs
gms
Ssbus
Nssbus7
Rbs

Wsp
nsb
Rgs
Ggd
Asm
Tsm
Sls
Rgu
Rsb
Rgu
Vor
Bbu
Ksm
Sbs
Hal
Bbbpu
Ssm
Pvg
Gst

Mks
sab
Rmb
Jmb
Ptm
Abd
Rpp
Jmb
bbt
Syp
Pls
Gsb
Bml
दाङ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) घोराही नगर कार्यसमितिले सरकारले ल्याउन लागेको “विद्यालय शिक्षा सम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८०” का केही प्रावधानप्रति आपत्ति जनाउँदै ज्ञापनपत्र बुझाएको छ।
प्याब्सन घोराही नगर कार्यसमितिका कार्यबाहक अध्यक्ष मानसिंह घर्तीको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले घोराही उपमहानगरपालिकाको नगर उपप्रमुख हुमा कुमारी डिसी र सामाजिक विकास महाशाखा प्रमुख घनश्याम वलीलाई छुट्टाछुट्टै रुपमा ज्ञापन पत्र बुझाएको हो ।
प्याब्सनको केन्द्रीय कार्यसमितिको निर्णय अनुसार देशैभर ज्ञापनपत्र बुझाइएको प्याब्सन घोराहीका प्रेस संयोजक महेश बस्नेतले जानकारी दिए ।ज्ञापनपत्रमा निजी विद्यालयलाई क्रमशः गैरनाफामूलक बनाउने, पूर्ण छात्रवृत्ति प्रदान गर्ने, परीक्षा शुल्क, पोशाक, यातायात लगायत निःशुल्क उपलब्ध गराउने प्रावधानलाई अव्यावहारिक र लगानी प्रतिकूल भएको प्याब्सनले दाबी गरेको छ। हालको १०% छात्रवृत्ति दिने प्रचलनलाई निरन्तरता दिनुपर्ने र अन्य प्रावधान तत्काल संशोधन गर्नुपर्ने माग प्याब्सनको छ ।
त्यस्तै विज्ञप्तिमा निजी विद्यालयहरूले ४ लाख रोजगारी सिर्जना गरेको, ३४% विद्यार्थीलाई गुणस्तरीय शिक्षा दिइरहेको र देशको कुल गार्हस्थ उत्पादनमा ७.२% योगदान पुर्याइरहेको उल्लेख छ। राज्यको कुनै आर्थिक सहयोगबिना सञ्चालन भइरहेका विद्यालयलाई पूर्ण निःशुल्क बनाउन बाध्य गर्नु संविधानसम्मत अधिकार र लगानी सुरक्षाविरुद्ध भएको प्याब्सनको ठहर छ ।
यस्तै प्याब्सनले कानुन यथावत अघि बढाए निजी विद्यालय धरासायी हुने चेतावनी दिँदै, आवश्यकता भए राज्यले उचित मुआब्जा दिएर राष्ट्रियकरण वा भौचर प्रणालीमार्फत विद्यार्थीलाई विद्यालय छनोटको अवसर दिनुपर्ने प्रस्ताव गरेको छ। सरकारले ल्याउन लागेको शिक्षा ऐनमा कुनै पूर्वाग्रहबिनाको समुचित व्यवस्था गर्न प्याब्सनले आग्रह समेत गरेको छ ।
त्यस्तै लमही नगरपालिकामा ज्ञापन पत्र बुझाउने टोलीमा प्याब्सनका केन्द्रीय सदस्य रेशम बहादुर बुढा,एन प्याब्सन लमही नगर समितिका अध्यक्ष भक्त कुमार खनाल,प्याब्सन लमही नगर समितिका अध्यक्ष नारायण भुसाल,लोकमान रिजाल,लगायतले बुझाएका थिए ।
यस्तै उता गढवा गाउँपालिका र राजपुर गाउँपालिकामा प्याब्सन लुम्बिनी प्रदेशक सदस्य राजु यादव,प्याब्सन गढवा गाउँपालिका अध्यक्ष विकास रजौरे लगायतको टोलीले गाउँपालिकालाई सोही बमोजिमको ज्ञापनपत्र बुझाएको छ ।
त्यस्तै राप्ती गाउँपालिकामा पनि ज्ञापनपत्र बुझाएको छ । ज्ञापनपत्र बुझाउने टोलीमा प्याब्सन लुम्बिनी प्रदेशका सदस्य तेजबहादुर विष्ट,जिल्ला उपाध्यक्ष शोभाखार भुसाल, प्याब्सन राप्तीका अध्यक्ष रामप्रसाद शर्मा, एन प्याब्सनका अध्यक्ष चम्पकराज कार्की लगायत अन्य पदाधिकारी सहभागी रहेकोे थियोे ।
प्याब्सन र एन प्याब्सनको केन्द्रीय निर्णय अनुसार देशैभरको ७५३ वटा पालिकाद्वारा सम्बन्धित निकायमा पुग्ने गरि ज्ञापनपत्र बुझाउन लगाएको छ ।
