
Bksbus5
Pbu
Amb
Gsl
Ddhbs
Nssbus7
gms
Csbus
Jsbus
Gsbus
Ssbus
dsbus
Rbs
Ratbs

Ksm
Tsm
Asm
nsb
Bbu
Rgu
Wsp
Ssm
Sls
Ggd
Gst
Bbbpu
Sbs
Hal
Vor
Rsb
Rgs
Rgu
Pvg

Rmb
Syp
Ptm
Jmb
Gsb
Mks
sab
Abd
bbt
Pls
Jmb
Bml
Rpp
दाङ । पुर्बपश्चिम राजमार्गको देउखुरी क्षेत्रमा स्थानियले सडकमै केरा रोपेर बिरोध जनाएका छन् । राजमार्गको जर्जर अवस्थाका कारण लगातार भइरहेका दुर्घटनाप्रति आक्रोशित राप्ती गाउँपालिका–१ का स्थानीयहरुले अनौठो तरिकाबाट विरोध जनाएका हुन् ।
बुधबार आज बिहान उनीहरुले राजमार्गमा परेका खाल्टोमा केरा रोप्दै सडक विभागको उदासीनतामाथि चर्को प्रश्न गरेका छन् । “खाल्डो हो कि बारी? कि त सिँचाइ गर्नुपर्छ कि सडक बनाउनुपर्छ,” एक स्थानीयले भने, “हामी थाकिसक्यौं दुर्घटना भएको देखेर।” सडकको बीचमै खाल्टोभित्र जोतिएकोजस्तै देखिने ठाउँमा केरा रोप्दा सवारी साधन चलाउनेहरूले समेत अचम्म मान्दै दृश्य कैद गरेका थिए । यस्तै दृश्यले सामाजिक सञ्जालमा व्यापक चर्चा पाएको छ। स्थानीयहरू भन्छन्— “जब सरकार बेखबर बन्छ, तब हामी बोल्न बाध्य हुन्छौं।” यस क्षेत्र हुँदै गुड्ने सयौं सवारी साधन दुर्घटनाको जोखिममा छन् भने, सडककै कारण मानविय क्षति भइसकेको जनाउदै स्थानियले आक्रोश पोखे ।
त्यस्तै उनिहरुले कयौँ पटक ध्यानाकर्षण गराउँदा पनि सम्बन्धित निकाय मौन बसेको आरोप लगाएका छन् । “सडक विभाग निद्रामा छ कि? कि जागा भएर पनि कानमा तेल हालेर बसेको छ? स्थानियले आक्रोश पोखे । स्थानीयको यो प्रतिकात्मक विरोधलाई धेरैले समर्थन जनाएका छन् भने, अब सम्बन्धित निकायले तुरुन्त सुधार नगरे चर्को आन्दोलन गरिने समेतका चेतावनी स्थानियले दिएका छन् । केरा रोपिएको क्षेत्र लुम्बिनी प्रदेशको राजधानी क्षेत्र समेत हो ।
