
Pbu
Rbs
Ddhbs
Bksbus5
Jsbus
Ratbs
Csbus
Amb
Ssbus
Gsl
Gsbus
dsbus
Nssbus7
gms

Rgu
Sls
Rsb
Asm
Rgu
Vor
Wsp
Ggd
Bbu
Sbs
nsb
Tsm
Pvg
Rgs
Hal
Gst
Ssm
Bbbpu
Ksm

Syp
Jmb
Ptm
Jmb
sab
Gsb
Abd
bbt
Rpp
Mks
Rmb
Bml
Pls
काठमाडौं । पूर्व माओवादीहरुले आज २६ औं जनयुद्ध दिवस मनाउँदैछन् । दिवसको अवसरमा काठमाडौंको पेरिसडाँडासहित देशभर बिभिन्न कार्यक्रम आयोजना गरिएका छन् । बगणतन्त्र र नयाँ जनवादीसत्ता स्थापनाको लक्ष्यसहित प्रचण्ड नेतृत्वको तत्कालीन माओवादीले २०५२ साल फागुन १ गतेदेखि सशस्त्र युद्ध सुरु गरेको थियो ।
त्यस्तै रोल्पाको होलेरी,रुकुमको आठबीसकोट, सिन्धुलीको सिन्धुलीगढीमा रहेका चौकीहरू र गोरखाको च्याङ्लीमा रहेको कृषि विकास बैंक कब्जा गरी माओवादीले जनयुद्धको सुरु भएको घोषणा गरेको थियो । त्यस्तै आठबिसकोट प्रहरी चौकी आक्रमणको नेतृत्व गरेका गणेशमान पुन (रश्मी) भन्छन्,भरुवा बन्दुकको भरमा चौकी आक्रमणमा जानु चुनौतीसँगसँगै पार्टीले मलाई गरेको विश्वासप्रति गर्व महसुस भएको थियो ।
यस्तै नेकपा माओवादीका तत्कालीन महामन्त्री प्रचण्डले प्रेस वक्तव्यमार्फत् जनयुद्ध सुरु भएको घोषणासहित गरिएका फौजि कारबाहीहरूको जिम्मेवारी लिएका थिए । जनयुद्धलाई सघाएको आरोपमा प्रहरीले गोरखाका १४ वर्षीय दिलबहादुर रम्तेललाई गोली हानी हत्या गरेको थियो । उनै रम्तेललाई जनयुद्धको पहिलो सहिदको सम्मान दिने गरिएको छ । त्यसपछि फागुन १५ गते प्रहरीले रुकुमको पिपलमा ६ जना खत्री बन्धुहरुको सामूहिक हत्या गरेको थियो ।
त्यस्तै बदला र प्रतिशोधका कारण सरकार र विद्रोही माओवादीबीच हत्याका श्रृंखला चलेका थिए । तत्कालीन राजा ज्ञानेन्द्र शाहले मुलुकमा जारी द्वन्द्वलाई देखाएर सत्ता हातमा लिएपछि माओवादी र प्रमुख सात राजनीतिक दलहरुबीच १२ बुँदे सहमति भएको थियो । सोही सहमतिअनुसार २०६२ चैत २४ गतेदेखि २०६३ वैशाख ११ सम्म चलेको १९ दिने जनआन्दोलनले संसद पुनःस्थापना गरेको थियो ।
यहीबीचमा २०६३ मंसिर ५ गते माओवादी युद्ध अन्त्य गर्दै शान्ति प्रक्रियामा आएको थियो । विस्तृत शान्ति सम्झौतामा राष्ट्रध्यक्षको समेत कार्यभार सम्हालेका तत्कालीन प्रधानमन्त्री एवम् कांग्रेस सभापति गिरिजा प्रसाद कोइराला र माओवादी अध्यक्ष प्रचण्डले हस्ताक्षर गरेका थिए । पुनःस्थापित संसदले २०६५ जेठ १५ गते नेपालमा राजतन्त्र अन्त्य गरी गणतन्त्र स्थापना गरेको थियो । यस्तै १० वर्षसम्म चलेको जनयुद्धमा सरकार र माओवादी दुवैतर्फबाट १७ हजार जनाको मृत्यु भएको थियो भने कयौं बेपत्ता र अंगभंग भएका छन् । जनयुद्धको क्रममा माओवादीले आफ्नै सेना निर्माण गरेको थियो ।
त्यसैगरी माओवादीले आफूहरुसँग ३२ हजार सेना रहेको दाबी गर्दथ्यो । यद्यपि सेना समायोजनको क्रममा संयुक्त राष्ट्रसंघीय मिसन अनमिनले १९ हजार ६०२ जना जनसेना प्रमाणीकरण गर्यो । तीमध्ये समायोजनको क्रममा दिइएको विकल्पअनुसार १५ हजार,६ सय ३० जनाले स्वेच्छिक अवकाश रोजेर घर फर्किए । प्रमाणीकरणको क्रममा झण्डै चार हजार जना अयोग्य ठहरिए । त्यस्तै १ हजार ४ सय २१ जना जना भने नेपाली सेनाका बिभिन्न पदमा समायोजन भए । शान्ति प्रक्रियामा आएसँगै बिभिन्न टुटफुटबाट गुज्रिएको माओवादी र तत्कालीन एमालेबीच पार्टी एकीकरण भई नेपाल कम्युनिस्ट पार्टी (नेकपा) गठन गरिएको थियो ।
प्रधानमन्त्री एवम् नेकपाका एक अध्यक्ष केपी शर्मा ओलीले गत पुस ५ गते संसद विघटनको निर्णय गरेसँगै नेकपा पनि दुई खेमामा बिभाजित भएको छ । एउटा खेमाको नेतृत्व ओलीले र अर्को खेमाको नेतृत्व प्रचण्ड–माधव नेपालले गरेका छन् । माओवादी जनयुद्धको लक्ष्य र उद्देश्य पूरा नगरी पार्टी नेतृत्व सत्ताको खेलमा अलमलिएको भन्दै कतिपय पूर्व माओवादीहरु असन्तुष्ट जनाएका छन् ।
