
Pbu
Rbs
Sds
Gisld
Mbdvs
mbd

Bbu
Hal
Rsb
Rgs
Wsp
Ggd
Ssm
Rgu
Vor
Ksm
Rgu
Sbs
Pvg
Asm
Tsm
Bbbpu
Sls
Gst
nsb

Jmb
Syp
Rmb
Mks
Rpp
sab
Abd
Gsb
Jmb
Bml
Ptm
bbt
Pls
दाङ । देउखुरीको लमही नगरपालिका वडा नम्बर ३ जखेरा चाेकदेखि झन्डै तीन सय मिटर उत्तर तर्फ जखेरा फर्म हाउस छ । उक्त फर्म लमही न.पा.३ श्री गाँउ निवासी असाेक चौधरीले संचालनमा ल्याउनु भएको हाे । उहाँको फर्ममाबाट बट्टाई लाैकाट,लाेकल कुखुरा,हाँस, टर्की, टर्कनाथ चराहरु बिक्रीवितरण गरिनुका साथै किराना पसल पनि गर्नु भएको छ ।
त्यस्तै उहाँ सदादिन ती चराकाे हेरचाहमा ब्यस्त देखिनुहुन्छ । बिहानै उठ्ना साथ खाेरमा जाने सफा सुन्धर गराउने अनि दानापानि दिने उहाँको दैनिकी कार्य हाे । सानाे छदा आफुमा सो कार्य गर्न अति रुचि रहेकाे र समाजमा केही नयाँ कुरा दिन्छु भन्ने उदेश्यले साे व्यावसायिक गरेको चौधरीले बताउनु भयो ।
यस्तै साे व्यावसायिकमा दखल अनि तालिम नलिए पनि उहाँले पेशा गर्न सक्नु भएको छ । तालिम लिने हाे भने त उहाँ जस्तै सबै सफल उधम बन्ने निश्चित छ । झन्डै २ लाखकाे लगानीमा केही महिना अघि संचालनमा ल्याउनु भएको फर्ममा अहिले दश लाख बढि सम्पति भैइसकेकाे छ । यति मात्रै हाेइन छ वटा सेवा मासुका लागि दिनु भएको छ भने छ बटा सेवा बच्चा उत्पादन पनि गरिराख्नु भएको छ । अझै पनि पेशा लागि ब्यबस्थित बनाएर लैजाने साेच बनाउनु भएको छ । उसाे त बट्टाई आफैमा राेग प्रतिराेधात्मक पंक्षि हाे । उसकाे मासु सेवन गर्दा सुगर,प्रेशर बाथका बिरामिहरुका लागि अति उपयाेगि भएकोले उहाँकै फर्ममा धेरै जसाेले सेवा लिन आउनुहुन्छ र अन्य पनि सेवा लिन आउने गरेका छन् ।
त्यस्तै आवश्यकता अनुसार सबै सेवाकाे हाेम डेलिभरिकाे सेवा स्थानीय स्तरमा उपलब्ध गराइएकाे चाैघरीले बताउनु भएको छ । उहाँ कहाँ अहिले धनगढी,पाल्पा लगायतका अन्य स्थानीय ठाउबाट सेवाग्राहीहरु बढी आउने गरेका छन । आफुमा इच्छाशक्ति हुनु पर्छ जस्तो सुकै काम पनि सहजै रुपमा गर्न सकिन्छ भन्ने उहाँको अनुभव छ । काम गर्दै जादा पाठ सिकाउने रहेछ साेहि अनुरुप काम पनि अगाडि बढाउने गरेको उहाँको भनाइ छ । उहाँले झन्डै ३ कट्ठा जग्गा प्रयाेगमा ल्याउनु भएको छ । जसका लागि फरक फरक खाेर निर्माण गर्नु भएको छ । त्यस्तै बट्टाई र लाेकल कुखुरा सबै चराहरु राख्ने अलग अलग खाेर बनाउनु भएको छ ।उहाँ २३ बर्षिय युवा भएकाले पनि अन्य युवा बर्गका लागि बिदेश नगइ स्वदेशी भुमिमा केही गर्न सुझाव दिनु हुन्छ । सात वटा सेवाकाे छुट्टाछुट्टै मूल्य निर्घारण गरिएको उहाँले बताउनु भएको छ ।
