
Jsbus
Csbus
Rbs
Ratbs
Ssbus
Amb
Ddhbs
Bksbus5
gms
Pbu
Gsbus
Gsl
dsbus
Nssbus7

Rgu
Rsb
Vor
Asm
Rgs
Tsm
Ssm
Bbbpu
Ksm
nsb
Ggd
Sls
Sbs
Bbu
Pvg
Gst
Rgu
Wsp
Hal

Gsb
sab
Ptm
Jmb
Bml
Jmb
Syp
Rmb
bbt
Mks
Pls
Abd
Rpp
दाङ । गढवा गाउँपालिका स्तरीय सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ गढवाले शैक्षिक सत्र २०८१ को माध्यमिक शिक्षा परीक्षा (एसइइ) मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी र उत्कृष्ट कार्यसम्पादन गर्ने सामुदायिक विद्यालयहरुलाई सम्मान गरेको छ।
बिहीबार गढवाको जनता माध्यमिक विद्यालयमा आयोजित सम्मान कार्यक्रममा महासंघ गढवाका अध्यक्ष दयाराम यादवको अध्यक्षता तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको प्रमुख आतिथ्यमा विद्यार्थी र विद्यालयलाई सम्मान गरिएको हो ।
कार्यक्रममा महासंघका अध्यक्ष दयाराम यादवले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिमा विद्यार्थी,शिक्षक, अभिभावक र व्यवस्थापन समितिको भूमिकालाई महत्वपूर्ण बताउँदै उत्कृष्ट कार्य गर्ने सबैलाई सम्मान गर्नु सकारात्मक अभ्यास भएको बताए ।
सम्मानित विद्यार्थीहरुमा जनता माध्यमिक विद्यालय गढवाकी निर्जल पुन (GPA 3.74), माध्यमिक विद्यालय पचहियाका आयुष चौधरी (GPA 3.60), जनता मावि पचहियाका समिर बिक (GPA 3.54) र जनता मावि गढवाका सुदिप पुन (GPA 3.54) रहेका छन् । विद्यार्थीहरुलाई प्रशंसा-पत्र प्रदान गर्दै प्रेरणादायी विद्यार्थीका रुपमा सम्मान गरिएको हो।
त्यस्तै,शैक्षिक सत्र २०८१ मा एसइइ परीक्षामा राम्रो नतिजा दिन सफल भएका सामुदायिक विद्यालयहरु मध्ये गढवा–४ स्थित दिपेन्द्र होमजुन माध्यमिक विद्यालय,गढवा–५ स्थित माध्यमिक विद्यालय चैनपुर र गढवा–२ स्थित माध्यमिक विद्यालय पचहियालाई सम्मान गरिएको छ ।
त्यस्तै सम्मान कार्यक्रममा बोल्दै प्रमुख अतिथि यम नारायण शर्मा पोख्रेलले सामुदायिक विद्यालयप्रति बढ्दो विश्वास र विश्वसनीयताको संकेतस्वरुप आएको उत्कृष्ट नतिजाले सम्पूर्ण गाउँपालिकाको शैक्षिक प्रतिष्ठा बढाएको बताउँदै विद्यालय व्यवस्थापन समितिले शिक्षा सुधारमा देखाएको प्रतिबद्धता सराहनीय रहेको उल्लेख गरे । साथै अध्यक्ष पोख्रेलले यस्ता सम्मान कार्यक्रमले विद्यार्थीमा प्रतिस्पर्धा, अभिभावकमा गर्व र विद्यालयमा उत्तरदायित्वको भावना थप बलियो बनाउने बताए ।
कार्यक्रम समापनमा सहभागीहरुबाट आगामी वर्षहरुमा अझ प्रभावकारी कार्ययोजना बनाइ उत्कृष्टता हासिल गर्ने प्रतिबद्धता व्यक्त गरिएको थियो । कार्यक्रममा स्थानीय जनप्रतिनिधि, विद्यालयका प्रधानाध्यापक,शिक्षक,अभिभावक र विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।
