
dsbus
Nssbus7
Gsl
Pbu
Ratbs
Gsbus
Jsbus
Ddhbs
gms
Rbs
Bksbus5
Csbus
Amb
Ssbus

Rgu
Ksm
Bbbpu
Ssm
Asm
Vor
Rgs
Hal
Bbu
Wsp
Rgu
Gst
nsb
Ggd
Rsb
Tsm
Sls
Sbs
Pvg

Jmb
Ptm
Bml
Rmb
Gsb
sab
bbt
Mks
Syp
Pls
Abd
Jmb
Rpp
काठमाडौं । प्रतिनिधिसभा विघटनको विरोधमा काठमाडौंमा शक्ति प्रदर्शन गरेको प्रचण्ड-माधव समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले निर्वाचन आयोग र सर्वोच्च अदालतलाई खबरदारी गरेका छन् ।
नेकपाको आधिकारिकता विवाद चलिरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओली मंगलबार निर्वाचन आयोग पुगेर आफू नै नेकपाको आधिकारिक भएको दाबी गर्नु भएको थियो । त्यसको भोलिपल्ट प्रचण्ड र माधव समूहले काठमाडौंमा गरेको वृहत् जनप्र दर्शनपछिको सभालाई सम्बोधन गर्दै अध्यक्षद्वय प्रचण्ड र नेपालले ओलीको धम्कीबाट खुट्टा नकमाउन निर्वाचन आयोगलाई आग्रह गर्नु भयो ।
त्यसैगरी सम्बोधनका क्रममा प्रचण्ड आयोगका कोही कोही मान्छे,बढी नभनौं,भन्यो भने फेरि बिग्रिने हो कि’ भन्दै रोकिनु भएको थियो । तर, सहभागीहरुको हुटिङपछि उत्साहित हुनुभएका उहाँले केन्द्रीय कमिटीको ७० प्रतिशत हामीसँग छ भनेर जाँदा विवाद सुरु भएको १० दिन पनि नभएको बताउनु भयो । त्यस्तै प्रचण्डले भन्नु भयो,त्यसलाई हिसाब नगर्ने,केपी ओली गएर धम्क्याउने वित्तिकै त्यसलाई हिसाब गर्नुभयो भने तपाईको खुट्टी देख्छ नेपालले । प्रचण्डले चेतावनी दिँदै भन्नु भयो,सजिलो नठान्नुहोला । नेपाली जनतालाई हेप्ने गल्ती कसैले नगरे हुन्छ ।प्रचण्डले संवैधानिक निकायमा पुगेकाहरुले खेलाँची ठान्दा देश र जनताले दुःख पाउने चेतावनी दिनु भयो ।
त्यस्तै आयोगसँगै प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा हेरिरहेको सर्वोच्च अदालततर्फ संकेत गर्दै प्रचण्डले आफूले बोल्दा (अदालतको) अपमान गरेको आरोप पनि लाग्ने गरेको भन्दै भने,मैले कहिल्यै अपमान गरेको छैन । अदालतप्रति भरोसा छ,छिटो गरिदेऊ भनेको छु । गर्ने त्यही हो,छिटो गर । आफ्नो पक्षले गरेको सभामा भएको उपस्थितिले पनि अदालतलाई सहज हुने प्रचण्डले दाबी गर्नु भयो ।संविधान, लोकतन्त्र र गणतन्त्रको पक्षमा फैसला गर्न भन्ने म ठान्दछु’उहाँले भन्न भयो । त्यसो भएन भने आँधी आउँछ, हुरी चल्छ । कसैले थाम्न सक्दैन ।’
यसैगरी प्रधानमन्त्री केपी ओलीको निरंकुश र लोकतन्त्र विरोधी सनकसँग डराएर फैसला आउँछ भन्ने विश्वास नरहेको,तर संविधानको बचाउने पक्षमा फैसला नआए ग्रीन रिभोलुसन (शान्तिपूर्ण क्रान्ति) हुने प्रचण्डको चेतावनी छ । संवैधानिक निकायहरुले डर धाक धम्की नहेरुन्, स्वतन्त्र ढंगले काम गरुन् भन्ने चाहेको बताउँदै उहाँले भन्नु भयो निर्वाचन आयोग खुट्टा नकमाऊ,काइते कुराको पछि नलाग्न समेत अनुरोध गर्नु भयो ।
त्यस्तै अर्का,अध्यक्ष माधवकुमार नेपालले पनि प्रधानमन्त्री ओलीले पहिलो अध्यक्ष म नै हुँ, आधिकारिकताको विवादमा पस्न पाउँदैन,भनेर संवैधानिक निकायलाई धम्क्याएको आरोप लगाए । पार्टीमा कोही पहिलो अध्यक्ष नभएको भन्दै उहाँले पार्टीको विधान, दस्तावेज,सकुर्लर र निर्णय हेर्न निर्वाचन आयोगलाई आग्रह गर्नु भयो । उहाँले भन्नु भयो,त्यसमा शंका छ भने ४४१ लाई बोलाएर एक-एक व्यक्तिको टाउको गने हुन्छ ।
यस्तै राजनीतिक दलसम्बन्धी ऐनको दफा ४४ मा एउटै पार्टीमा नाम,चिन्ह, झण्डालगायतका विषयमा विवाद भएमा बहुमतको निर्णय स्वीकार्य हुने व्यवस्था रहेको भन्दै पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले त्यसको हेक्का राख्न आयोगलाई आग्रह गरे । त्यस्तै कवरिष्ठ नेता झलनाथ खनालले पनि प्रचण्ड र माधव नेपालसँग मिल्दोजुल्दो भाषामा निर्वाचन आयोगलाई नेकपाको वैधानिकता विवादमा नअल्झन आग्रह गर्नु भयो । प्रधानमन्त्री ओलीको धम्की नभई कानून हेर्न सुझाव दिनु भएका खनालले चेतावनीको भाषामा भन्नु भयो ।आधिकारिकताको प्रमाण दिनबारे आयोगलाई सकस परेको छ । तर, कहाँ कानून मिलाउनु पर्ने हो,मिलाउनुहोस्, ऐन मिलाउनुहोस्, प्रक्रिया मिलाउनुहोस् । ढिलो गर्दा अप्ठ्यारो आउन सक्छ ।’
कांग्रेसलाई सहकार्यको प्रस्ताव
यसैगरी सभालाई सम्बोधन गर्दै नेताहरुले नेपाली कांग्रेसलाई सडक आन्दोलनमा सहकार्य गर्न आग्रह गर्नु भएको छ । गिरिजाप्रसाद कोइरालाले शान्ति सम्झौतामा हस्ताक्षर गर्नुका साथै तत्कालीन प्रधानमन्त्रीका रुपमा संविधानसभाबाट गणतन्त्रको घोषणा गरेको तथा नयाँ संविधान जारी हुँदा कांग्रेसका तत्कालीन सभापति सुशील कोइराला प्रधानमन्त्री रहेको स्मरण गर्दै प्रचण्डले भन्नु भयो ।अहिले शेरबहादुर जी हुनुहुन्छ,संविधान निर्माणमा तपाई पनि नेता हो । यसमाथि घात हुँदा त्यो लोकतान्त्रिक पार्टीले संयुक्त आन्दोलन गर्ने र केपीको निरंकुशतालाई सदाका लागि परास्त गर्ने र लोकतन्त्र खतरामा छैन भन्ने पुष्टि गर्ने अवसर हो । यो अवसर गुम्न नदिनुस्, हामी तपाईहरुसँग हातेमालो गर्न तयार छौं ।’
त्यस्तै वरिष्ठ नेता झलनाथ खनालले पनि कांग्रेस,जनता समाजवादी लगायतका लोकतन्त्र पक्षधर सबैलाई संयुक्त आन्दोलनमा आउन आह्वान गर्नु भयो । पुस ५ मा प्रतिक्रान्ति भएकाले त्यसविरुद्ध आन्दोलन भइरहेको भन्दै उहाँले भन्नु भयो । यो नेकपाको मात्र आन्दोलन होइन जताको आन्दोलन हो । आउनुस्, संयुक्त आन्दोलन गरौं ।’
ओलीलाई चेतावनी : बालुवाटार घेर्न आउन नपरोस्
सभालाई अध्यक्षद्वयसहित १४ नेताले सम्बोधन गर्नु भएको थियो । सभामा अधिकांशले प्रधानमन्त्री ओलीको चर्को आलोचना गर्नु भएको थियो । तानाशाह बन्न खोजेको भन्दै ओलोचना गर्नु भएका उहाँहरुले ओलीलाई घुँडा टेकाइछाड्ने बताउनु भएको छ । अध्यक्ष प्रचण्डले राजीनामा दिएर बालकोट जान सुझाव दिनु भयो । उहाँले अघि भने, ‘अर्को पटक १० लाख जनता लिएर बालुवाटार र सिंहदरबार घेर्न आउन नपरोस् ।’
पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री ओलीमाथि संविधानको उपहास गरेको र फासीवादतिर लागेको आरोप लगाउनु भयो । ओलीले लोकतन्त्रको रक्षा गर्छु भन्नु ठट्टा भएको भन्दै उहाँले भन्नु भयो । ओलीले संविधान र लोकतन्त्र ध्वस्त पार्न चुनाव घोषणा गरेका हुन् ।’
त्यसैगरी नेता जनार्दन शर्माले शान्तिपूर्ण आवाज नसुनिए जनता कुनै पनि बेला विद्रोहमा उत्रन सक्ने बताउनु भयो । त्यस्तो विद्रोहले संघीयता र गणतन्त्र विरोधीहरुलाई समाप्त पार्ने उहाँको चेतावनी थियो ।
त्यस्तै नेत्री रामकुमारी झाँक्रीले ओली कागजी तानाशाह भएको बताउनु भयो । बादशाहहरु कमजोर बन्दै गएपछि कागजका अग्ला कदका बुख्याचा बनाउने भन्दै उहाँले भन्नु भयो । खड्गप्रसाद ओली कागजी बादशाह हुन्,ती ढलिसके,घोषणा हुन मात्र बाँकी छ ।निरंकुशताको साक्षी बनेको भन्दै उहाँले राष्ट्रपति विद्यादेवी भण्डारीको सचेत चर्को आलोचना समेत गर्नु भयो ।
