
Bksbus5
Jsbus
dsbus
Pbu
Nssbus7
Csbus
gms
Gsl
Rbs
Amb
Ddhbs
Ratbs
Gsbus
Ssbus

Gst
Ksm
Rgs
Sbs
Pvg
Sls
Bbbpu
nsb
Rgu
Rgu
Bbu
Hal
Wsp
Ssm
Rsb
Asm
Vor
Ggd
Tsm

Mks
Pls
Syp
Rpp
Rmb
bbt
Jmb
Abd
Gsb
Jmb
sab
Bml
Ptm
काठमाडौं । नेपाल शिक्षक महासंघले असार २३ गतेसम्म विद्यालय शिक्षा ऐन जारी नभए फेरि आन्दोलन गर्ने चेतावनी दिएको छ ।
गत १७ वैशाखमा १५ असारभित्र ऐन ल्याउने सहमति भएको थियो । तर सहमति अनुसार यहिँ असार २३ गतेसम्म ऐन जारी नभए आन्दोलन गर्ने महासंघकी सहअध्यक्ष नानुमाया पराजुलीले बताइन् । ‘सहमतिको समय सकिएको छ । तर २३ असारसम्म पर्खिन्छौं । अब संसद बैठक पनि २३ असारलाई बोलाइएकोले त्यो दिनसम्म कुर्छौं,’ उनले भनिन् ।
त्यस्तै प्रतिनिधिसभाको शिक्षा,स्वास्थ्य तथा सूचना प्रविधि समितिबाट सोमबार विधेयक पास गर्ने तयारी थियो । तर शिक्षकका मागका विषयमा विवाद भएपछि पास हुन सकेन । नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले शिक्षक महासंघसँग वार्ता गर्नुपर्ने भएकाले विधेयक पास नगरी स्थगित गर्न समय मागेका थिए ।
शिक्षामन्त्री रघुजी पन्तले पनि शिक्षक महासंघसँग वार्ता गर्न समय मागेका थिए । अस्थायी प्रकृतिका शिक्षकको पदपूर्ति ६० प्रतिशत आन्तरिक र ४० प्रतिशत खुला प्रतिस्पर्धा गर्नेगरी विधेयक पास गर्ने तयारी थियो । तर महासंघले ७५/२५ प्रतिशत हुनुपर्ने दबाब दिएपछि विधेयक पास हुन नसकेको हो ।
यस्तै शिक्षकको कार्य सम्पादन मूल्यांकनको अंक पनि घटाउनु पर्ने माग महासंघको छ । ‘कासमा ९० अंक आउँदैन । यसलाई घटाएर ८० सम्म ल्याउनुपर्छ,’ सहअध्यक्ष पराजुलीले भनिन् । यी विषयमा टुंगो लगाउन धेरै समय नलाग्ने उनको भनाइ छ । ‘विधेयकमा नटुंगिएको विषय टुंगो लगाउन धेरै समय लाग्दैन । सरकार तयार हुनुपर्यो,’ पराजुलीले भनिन् ।
त्यस्तै २३ असारसम्म शिक्षा ऐन जारी नभए आन्दोलनमा जाने महासंघले चेतावनी दिएको छ । शिक्षक महासंघले गत २० चैतदेखि २९ दिन लामो आन्दोलन गरेपछि १७ वैशाखमा १५ असारभित्र ऐन जारी गर्ने सहमति भएको थियो ।
