
Bksbus5
Rbs
Nssbus7
gms
Pbu
Gsl
dsbus
Csbus
Jsbus
Ratbs
Amb
Ssbus
Ddhbs
Gsbus

Hal
Asm
Tsm
Rgs
Rsb
Ggd
Rgu
Sbs
Pvg
Gst
Rgu
Wsp
Bbbpu
Sls
Ssm
Bbu
Vor
nsb
Ksm

sab
bbt
Jmb
Jmb
Pls
Rmb
Abd
Mks
Gsb
Syp
Rpp
Ptm
Bml
दाङ । बैतडीकी किशोरी भागरथि भट्टको बलत्कारी र हत्यारालाई कारबाहीको माग गर्दै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (छैंठौ) दाङले घोराहीको तुलसीपुर चोकमा विरोधसभा सम्पन्न गरेको छ।
आज सम्पन्न भएको विरोधसभा कार्यक्रमलाई सम्बोधन गर्दै अखिल छैठौं केन्द्रीय सदस्य खगेन्द्र विष्टले निर्मला पन्त र भागरथि भट्टको बलात्कारीलाई छिटो भन्दा छिटो कारबाहीको दायरामा ल्याउन माग गर्नु भएको थियो । त्यस्तै उहाँले जसरी निर्मला पन्तको हत्यारालाई अहिलेसम्म अगाडि ल्याउन सकेको छैन । हत्यारालाई पक्राउ गर्न सकेको छैन । कतै त्यही भागरथी भट्टको पनि हुने होकी त्यसैले हजारौं हजार विद्यार्थी तथा जनता न्यायको लागि सडकमा आउन खाचो भएको बताउनु भयो ।
यस्तै कार्यक्रमलाई राष्ट्रिय जनमोर्चा र दाङ जिल्ला अध्यक्ष गणेश आचार्य र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (छैठौं) दाङ जिल्ला उपाध्यक्ष सरिता पुनले पनि सम्बोधन गर्नु भएको थियो । त्यस्तै प्रदर्शनमा निर्मला पन्त र भागरथी भट्टका बलात्कारी र हत्यारालाई कार्बाही गर, सम्पूर्ण बालिकाको सुरक्षा गर,सरकारी उदासिनता मुर्दावाद, अखिल (छैंठौ) जिन्दाबाद जस्ता नारासहित क्याम्पस रोड देखि बीपी चोक,सहिद मार्ग, बालमन्दिर चोक हुँदै तुलसीपुर चोकसम्म जुलुस निकालिएको थियो भने उक्त विरोधसभा कार्यक्रमको सहजीकरण सहजकर्ता धुर्ब बेल्बासेले गर्नु भएको थियो ।
