
Sebsg
Unsku
Gipsg
Gmssl
Gipsg
Gsg
Gst
Pbu
gst

Rgu
Sls
Pvg
Vor
Rsb
Bbbpu
Bbu
nsb
Tsm
Hal
Wsp
Sbs
Rgu
Gst
Rgs
Asm
Ssm
Ksm
Ggd

Mks
Abd
Bml
Jmb
Syp
Jmb
Rmb
sab
Ptm
Rpp
bbt
Pls
Gsb
दाङ । गढवा गाउँपालिका वडा नम्बर ५ धर्मपुरकी सिर्जना चौधरीले निर्धन उत्थान लघुवित्त वित्तिय संस्थाबाट विनाधितो कर्जा लिएर तरकारी खेति गरेकि छिन् ।
ब्यवसायिक तरकारी खेति गरेर घर खर्च मात्र होइन छोराछोरीहरुको पढाई समेत चलाएको उनले बताउछिन् । त्यस्तै लमही नगरपालिका ४ सेम्रहवा निवासी राजी चौधरीले निर्धनकै लघुवित्त मार्फत आवश्यक ऋण लिएर ठूलै किराना पसल संचालन गरेर आफू स्वरोजगार र आत्मनिर्भर भएको बताइन् । उनिहरु जस्तै गढवा गाउँपालिका वडा नम्बर ७ कान्छीगाउँ निवासी पार्वति चौधरी पनि सफल तरकारी ब्यवसायी बनेकि छिन् ।
विनाधितो कर्जा पाइन्छ, हामीजस्तो आयश्रोत नभएकाहरुले निर्धनबाट कर्जा लिएर आफ्नै उद्यम ब्यवसाय गरि आफ्नै खुट्टामा उभिन सफल भएका छौं–चौधरीले भनिन् । गढवा स्थित निर्धन उत्थान लघुवित्त वित्तिय संस्थाको आयोजनामा शनिवार गढवामा भएको केन्द्र प्रमुखहरुसंगको कार्यशालामा कर्जा सदुपयोग गरेका धेरै महिलाहरुले केहि न केहि उद्यम ब्यवसाय गरेको बताए ।
२०६२ सालदेखि गढवामा शाखा कार्यालय संचालन गरि लमही,गढवा र राजपुरलाई कार्यक्षेत्र बनाई काम गरेको यस लघुवित्त संस्थामा २ हजार ३ सय ८७ जना अधिकांश महिला सदस्यहरु जोडिनु भएको र १ सय ५२ केन्द्रहरु सञ्चालनमा रहेको गढवा शाखा कार्यालय प्रमुख रुन्नता गौतमले जानकारी दिइन् । यस संस्थाले गढवा शाखा मार्फत् २ हजार ७ सय ६६ घरधुरीलाई १२ करोड ७६ लाख कर्जा लगानी गरेको र १० करोड ६३ लाख बचत कारोवार गरेको उनले बताइन् ।
संस्थामा आवद्ध सदस्यहरु मध्ये १५ जना सुत्केरीहरुलाई पोषण खर्च, १० जना सदस्यहरुलाई विमा क्षतिपूर्ति,२ जना लाई छात्रबृत्ति तथा विपदमा परेका र दिर्घरोगिहरुलाई समेत राहात वितरण गर्ने गरिएको गौतमले बताइन् । निर्धन उत्थान बैंकको नामबाट २०४७ सालमा सुरु भएको यो लघुवित्त संस्था नेपालकै सबैभन्दा पहिलो संस्था रहेको, विनाधितो ऋण लगानी गर्दै नेपालभर ४ लाख सदस्यहरु आवद्ध रहेका र ७७ जिल्लाहरुमा १८५ शाखाहरु सञ्चालनमा आई २६ अर्ब लगानीमा रहेको संस्थाका क्षेत्रिय कार्यालय नेपालगञ्जका प्रमुख मिनबहादुर हमालले जानकारी दिए ।
संस्थाका केन्द्रप्रमुख माया चौधरीको अध्यक्षता र गढवा गाउँपालिका ६ नम्बर वडाका अध्यक्ष विरबहादुर आलेको प्रमुख आतिथ्यमा भएको कार्यशालामा बोल्दै कर्जाको सहि सदुपयोग गर्न गराउन संस्थाले नियमित अनुगमन र नियमन गर्नुपर्ने आलेले बताए । लघुवित्तको कर्जा लिएर उद्देश्य बमोजिम काम गरेमा लगानी जोखिममा नपर्ने र किसानहरु पनि उद्यमी बन्न सक्ने उनले सुझाव दिए । कार्यक्रममा संस्थाको गतिविधिका बारेमा नेपालगञ्ज क्षेत्रिय कार्यालय प्रमुख मिन बहादुर हमाल र गढवा शाखा प्रमुख रुन्नता गौतमले कार्यशालाका सहभागिहरुलाई जानकारी गराएका थिए । कार्यक्रमको सञ्चालन संस्थाका कर्मचारी गोपिलाल चौधरीले गरेका थिए ।

