
Nssbus7
dsbus
Gsl
Ratbs
Amb
Pbu
Ssbus
Jsbus
Rbs
gms
Bksbus5
Ddhbs
Csbus
Gsbus

Ggd
Rgs
Vor
Gst
Bbbpu
Tsm
Rgu
Asm
Ssm
Bbu
nsb
Pvg
Wsp
Sls
Hal
Rsb
Sbs
Ksm
Rgu

Rmb
sab
bbt
Gsb
Pls
Ptm
Jmb
Jmb
Mks
Bml
Rpp
Abd
Syp
दाङ । देउखुरीको राप्ती गाउँपालिका शिक्षा क्षेत्रमा लुम्बिनी प्रदेशकै उत्कृष्ट गाउँपालिकाको रुपमा सम्मानित भएको छ ।
देशभरका सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुको संस्था ‘प्रिन्सिपल्स एसोसिएसन अफ नेपाल’ (प्यान) ले शिक्षा क्षेत्रमा उल्लेखनीय योगदानका आधारमा राप्तीलाई छनोट गर्दै सम्मान प्रदान गरेको हो।
प्यानले शिक्षा क्षेत्रमा अतुलनीय योगदान पुर्याएका उत्कृष्ट पालिका,विद्यालय र प्रधानाध्यापकहरुलाई पुरस्कृत गर्न गठित मूल्यांकन समितिको सिफारिसमा राप्ती गाउँपालिकालाई लुम्बिनी प्रदेशको उत्कृष्ट पालिकाको रूपमा छनोट गरि पुरस्कृत गरेको हो।
संस्थाले शुक्रबार पोखरामा आयोजना गरेको दोस्रो राष्ट्रिय सम्मेलनको अवसरमा आयोजित भव्य समारोहमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्त र प्यानका अध्यक्ष सुदाम प्रसाद गौतमले राप्ती गाउँपालिकाका प्रवक्ता तथा वडा नं.२ का वडाध्यक्ष पहलवान चौधरी,वडा नं.६ का वडाध्यक्ष दीपक कुमार चौधरी,र शिक्षा,युवा तथा खेलकुद शाखाका प्रमुख विश्वास विकलाई संयुक्त रुपमा सम्मानपत्र प्रदान गर्नु गरेका थिए ।
यसै समारोहमा लुम्बिनी प्रदेशकै बर्दिया जिल्लाको बारबर्दिया नगरपालिका पनि उत्कृष्ट नगरपालिकाको रूपमा सम्मानित भएको छ । प्यानले देशका सातै प्रदेशबाट एक–एक उत्कृष्ट गाउँपालिका, नगरपालिका,विद्यालय र प्रधानाध्यापकलाई पुरस्कृत गरेको हो । मूल्यांकनका क्रममा शिक्षा सुधारका लागि गरिएको लगानी, सबैका लागि शिक्षाको पहुँच सुनिश्चितता,दीर्घकालीन योजना, स्थानीय पाठ्यक्रम विकास,प्राविधिक शिक्षा, सुशासन र असल अभ्यासलाई मुख्य मापदण्ड बनाइएको अध्यक्ष गौतमले जानकारी दिए ।
गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले उक्त सम्मानप्रति खुशी व्यक्त गर्दै शिक्षा क्षेत्रको समग्र सुधारलाई निरन्तर प्राथमिकतामा राख्दै आएको बताए । “हामीले शिक्षालाई खर्च होइन,लगानीका रूपमा लिएका छौं । आधारभूत पूर्वाधारदेखि गुणस्तरीय सिकाइ वातावरण निर्माणसम्म,सबै पक्षमा योजना अनुसार अघि बढिरहेका छौं,” उनले भने । अध्यक्ष विष्टका अनुसार गाउँपालिकाले शिक्षक अभिमुखीकरण,विद्यार्थी अभिप्रेरणा, विद्यालय व्यवस्थापन सुधार,सूचना प्रविधिको प्रयोग र स्थानीय पाठ्यक्रम विकास जस्ता महत्वपूर्ण क्षेत्रमा विशेष प्राथमिकता दिएको छ ।
त्यस्तै “शिक्षामा लगानीको प्रतिफल तत्काल देखिँदैन,तर दीर्घकालीन रूपमा यसले सक्षम पुस्ता निर्माण गर्छ,जसले देशलाई परिवर्तन गर्न सक्छ। हामी यही दूरदृष्टिका साथ अघि बढिरहेका छौं,” उनले थपे । अध्यक्ष विष्टले सबै विद्यालय, शिक्षक,अभिभावक,विद्यार्थी तथा स्थानीय तहका जनप्रतिनिधिको साझा प्रयासबाट पालिका यो सम्मानको हकदार बनेको भन्दै सबैप्रति आभार व्यक्त गरे ।
