
Ratbs
Pbu
Ddhbs
Gsl
Gsbus
dsbus
Amb
gms
Rbs
Nssbus7
Bksbus5
Ssbus
Jsbus
Csbus

Rgs
Rsb
Wsp
Asm
Pvg
Sbs
Bbbpu
Hal
Vor
Rgu
Sls
Rgu
Gst
Bbu
Ssm
nsb
Tsm
Ggd
Ksm

Jmb
Rpp
Ptm
Abd
Bml
Gsb
sab
Jmb
Pls
Mks
Syp
bbt
Rmb
दाङ । गुरुकुल एकेडेमी,घोराहीले एक विशेष समारोहका बीच कक्षा १२ का तेस्रो ब्याचका विद्यार्थीहरूलाई दिक्षित गरेको छ ।
विद्यालयको प्रांगणमा सम्पन्न उक्त कार्यक्रममा विद्यार्थीहरुलाई औपचारिक रूपमा उच्च माध्यमिक तहको जिम्मेवारीबोध गराउँदै दिक्षित गरिएको हो । कार्यक्रम गुरुकुल एकेडेमीका प्रधानाध्यापक डा. कृष्णराज डिसिको अध्यक्षतामा सम्पन्न भएको थियो। प्रमुख अतिथि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका सह–निर्देशक तथा वरिष्ठ नेत्र विशेषज्ञ डा । सुरेश रसाइलीले दिक्षा समारोहको उद्घाटन गर्नुभएको थियो। उहाँले विद्यार्थीहरुलाई अनुशासन, समर्पण र कर्तव्यपरायणताको महत्वबारे प्रेरणादायक मन्तव्य दिएका थिए ।
ड. रसाइलीले भने शिक्षा केवल किताबी ज्ञानमा सीमित छैन, यो चरित्र निर्माण, सामाजिक उत्तरदायित्व र आत्मविकासको पनि बाटो हो । दिक्षा भनेको त्यसै यात्राको एक महत्वपूर्ण पाइलो हो । उँहाले आगामि उच्च शिक्षाको लागि दाङको राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बिभिन्न कार्यक्रमहरु संचालन भएको समेत बताए ।
कार्यक्रममा विद्यार्थीहरुले सांस्कृतिक प्रस्तुति प्रस्तुत गर्दै आफ्नो प्रतिभा प्रदर्शन गरेका थिए । विद्यालयका शिक्षकहरू, अभिभावक प्रतिनिधि तथा अन्य अतिथिहरूको समेत उपस्थिति रहेको कार्यक्रममा प्रधानाध्यापक डा.डिसिले दिक्षित विद्यार्थीहरूलाई शुभकामना दिँदै आफूमा आत्मअनुशासन, नेतृत्व क्षमता र सामाजिक चेतनाको विकास गर्न प्रेरणा दिनुभयो।साथै कार्यक्रममा गुरुकुल एकेडेमी घोराहीका शिक्षक महाविर घर्ति,प्लस टु संयोजक राजन अधिकारीले मन्तब्य राख्नुभएको थियो भने विद्यार्थि जनक पुनले धन्यबाद मन्तब्य राखेका थिए ।
गुरुकुल एकेडेमी घोराहीले प्रत्येक वर्ष कक्षा १२ का विद्यार्थीहरूको लागि यस्तो दिक्षा कार्यक्रम आयोजना गर्दै आएको छ । यस कार्यक्रम मार्फत विद्यार्थीहरुलाई शिक्षाको मात्र नभई जीवन मूल्यहरुको पनि बोध गराउने प्रयास गरिन्छ। कार्यक्रम अन्त्यमा विद्यालय व्यवस्थापन समितिका प्रतिनिधिहरु,अभिभावक तथा विद्यार्थीहरुबीच अन्तरक्रिया पनि भएको थियो । शिक्षक अरबिन्द अधिकारीको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण शिक्षक विवेक देबकोटाले गरेका थिए ।
