
Ksb
Ssb
Ssb
Rsb
Gsb
Ksb
Tgp
Bsn
Ksb
Rks
Usb
Nsb
Csb
Ppu

Hl1
Usb
Tsb
Gsb
Ssb

Rgu
Nps
ptl
दाङ । गुरुकुल एकेडेमी,घोराहीले एक विशेष समारोहका बीच कक्षा १२ का तेस्रो ब्याचका विद्यार्थीहरूलाई दिक्षित गरेको छ ।
विद्यालयको प्रांगणमा सम्पन्न उक्त कार्यक्रममा विद्यार्थीहरुलाई औपचारिक रूपमा उच्च माध्यमिक तहको जिम्मेवारीबोध गराउँदै दिक्षित गरिएको हो । कार्यक्रम गुरुकुल एकेडेमीका प्रधानाध्यापक डा. कृष्णराज डिसिको अध्यक्षतामा सम्पन्न भएको थियो। प्रमुख अतिथि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका सह–निर्देशक तथा वरिष्ठ नेत्र विशेषज्ञ डा । सुरेश रसाइलीले दिक्षा समारोहको उद्घाटन गर्नुभएको थियो। उहाँले विद्यार्थीहरुलाई अनुशासन, समर्पण र कर्तव्यपरायणताको महत्वबारे प्रेरणादायक मन्तव्य दिएका थिए ।
ड. रसाइलीले भने शिक्षा केवल किताबी ज्ञानमा सीमित छैन, यो चरित्र निर्माण, सामाजिक उत्तरदायित्व र आत्मविकासको पनि बाटो हो । दिक्षा भनेको त्यसै यात्राको एक महत्वपूर्ण पाइलो हो । उँहाले आगामि उच्च शिक्षाको लागि दाङको राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बिभिन्न कार्यक्रमहरु संचालन भएको समेत बताए ।
कार्यक्रममा विद्यार्थीहरुले सांस्कृतिक प्रस्तुति प्रस्तुत गर्दै आफ्नो प्रतिभा प्रदर्शन गरेका थिए । विद्यालयका शिक्षकहरू, अभिभावक प्रतिनिधि तथा अन्य अतिथिहरूको समेत उपस्थिति रहेको कार्यक्रममा प्रधानाध्यापक डा.डिसिले दिक्षित विद्यार्थीहरूलाई शुभकामना दिँदै आफूमा आत्मअनुशासन, नेतृत्व क्षमता र सामाजिक चेतनाको विकास गर्न प्रेरणा दिनुभयो।साथै कार्यक्रममा गुरुकुल एकेडेमी घोराहीका शिक्षक महाविर घर्ति,प्लस टु संयोजक राजन अधिकारीले मन्तब्य राख्नुभएको थियो भने विद्यार्थि जनक पुनले धन्यबाद मन्तब्य राखेका थिए ।
गुरुकुल एकेडेमी घोराहीले प्रत्येक वर्ष कक्षा १२ का विद्यार्थीहरूको लागि यस्तो दिक्षा कार्यक्रम आयोजना गर्दै आएको छ । यस कार्यक्रम मार्फत विद्यार्थीहरुलाई शिक्षाको मात्र नभई जीवन मूल्यहरुको पनि बोध गराउने प्रयास गरिन्छ। कार्यक्रम अन्त्यमा विद्यालय व्यवस्थापन समितिका प्रतिनिधिहरु,अभिभावक तथा विद्यार्थीहरुबीच अन्तरक्रिया पनि भएको थियो । शिक्षक अरबिन्द अधिकारीको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण शिक्षक विवेक देबकोटाले गरेका थिए ।
